न्याय मरेको देश (कबिता)

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ श्रावण १८, आईतबार (४ साल अघि)
  • १२० पटक पढिएको
Post Thumbnail

सरकार !
लेख्दिनँ भन्दाभन्दै पनि
मैले मेरो मनको कालकोठरीमा
थुनेर राखेको दुईचार शब्दले
जबर्जस्त ढोका फुटाएर
तिमीसम्म आउने दुस्साहस ग¥यो
तिमीलाई ठुलो हानी त नपु¥याउला
किनकि
तिमी आफैमा बलिया छौ
यति मात्र बुझ कि
मेरा शब्दहरु
मलाई नै थाहा नदिई
देशमा
न्याय मरेको सन्देश लिई आउँदै छ ।

सरकार !
सलाम तिमीलाई
तिमीले राम्रो काम गर्दा
कालकोठरीमै भए पनि
यिनै शब्दहरु
उफ्रीउफ्री नाचेथे
तर
मैले नै रोकेँ
अहिल्यै रङ्गलीला प्रदर्शन नगरौँ
जनताले उचित अधिकार दिएका छन्
स्टार्टिङ्गमै रङ्गमञ्चको यात्रा नगराऔँ
फेरि
फेरि जनताका म्यान्डेडहरु बिर्सेलान्
त्यसैले
बच्चालाई पापा दिएजस्तो
अतिरञ्जित रुपमा पुलकित नबनाऔँ ।

सरकार !
तिम्रा अङ्गहरुमा
कोभिडका भाइरसहरु नछिरेका होइनन्
राजनेताहरु माथि
भ्रष्टाचारका आक्षेपहरु नलागेका होइनन्
आफ्नै छोरीचेलीहरु
बलात्कारका सिकार नभएका होइनन्
बिस्तारवादहरुले
सार्वभौमसत्तामाथि खेलवाड नगरेका होइनन्
त्यतिबेला पनि त
मेरा शब्दहरु
कति जुर्मुराएथे
सीमाको बार नाघ्नै खोजेथे
तर
मैले मेरा शब्दहरुलाई
धैर्यताको पाठ सिकाएँ र भनेँ
उनको पनि निश्चित आयु छ
हेरौँ त्यतिबेलासम्म
र जोडघटाउ गरौँ
परिणामले जे देखाउँछ
त्यसै गरौँला ।

सरकार !
माफ गर्नुहोस्
मैले मेरा शब्दहरुलाई
तिम्रो नाममा खुसी मनाउन दिइनँ
विरोध गर्न पनि दिइनँ
तर आज
तिम्रो न्यायलय मरीरहँदा
तिमीलाई के भयो कुन्नि ?
मेरा शब्दहरु चाहिँ मुर्छित भए
सम्झनुहोस् सरकार
तिम्रो परिवारमा शोक पर्दा
तिमीलाई पीडा हुन्न र ?
आज त
देशको न्याय मरेको छ
न्यायलयभन्दा व्यक्ति ठुलो भएको छ
त्यसैले त यी शब्दहरुलाई
मैले थेग्न सकिनँ
कुनै बाटो पनि छेक्न सकिनँ ।

सरकार !
मेरा शब्दहरु अन्धो बनीरहेका छन्
अरुले जे गर्छ त्यही गर्छु भन्छन्
के यी शब्दहरुलाई
नाबालिका र महिलामाथि
बलात्कार गर्न छुट छ र ?
राज्यको सम्पति र विकासको बजेटमा
भ्रष्टाचार गर्न छुट छ र ?
देशको संवेदनशील क्षेत्रहरुमा
चरम लापर्बाही र दादागिरी गर्दा हुन्छ र ?
देशको मौलिक स्रोत साधनहरुलाई
उपेक्षा गरी दुरुपयोग गर्दा हुन्छ र ?
धन सम्पति र बालबच्चा हुने जति सबैले
के अब पत्नी हत्या गर्न पाउँछन् त ?
पैसा र शक्ति हुने जति सबैले
के अब कानुन उल्ट्याउन पाउँछन् त ?
मेरा शब्दहरु
उत्तर खोजीरहेछन् सरकार
राज्य ठुलो कि राजनेता ?
कानुन ठुलो कि व्यक्ति ?

सरकार !
म मरे त अरु बाँच्छन्
अरु मरे त म बाँच्न सक्छु
तर
न्याय मरे त देश पनि मर्छ
देश मरे त सबै मर्नुपर्छ
अफसोच जे नहुनुपर्ने
त्यही हुन्छ किन ?
के सर्वोच्चमा तिम्रो नाता थिएन र ?
कि नाता भएरै यस्तो भयो ?
सजिलो त तिमीलाई पो कहाँ छ र ,
बाटो हजार छन्
तर गन्तब्य एउटै
सबै बाटो सिधा छैनन्
बाङ्गो र घुमाउरो पनि
त्यसैले आँखा खोल सरकार
तिमीलाई
तिम्रै घरभित्रकाले सिध्याउलान्
ख्याल गर
कुतत्वहरुले तिम्रो आयु छोट्याउलान्
मेरा शब्दहरु
यसै भनीरहेछन् सरकार ?
हो, म सोचीरहेछु
तिमीलाई निकै सकस भयो होला
तर पनि
मेरा शब्दहरुलाई हत्कडी लगाई
आफ्नै लोकतन्त्रको धज्जी नउडाऊ
किनकि
तिमीमात्र हैन
हरेक सरकारलाई
यिनै शब्दहरुले झकझकाउनु छ
खबरदारी गर्नु छ , खबरदारी गर्नु छ ।

सरकार !
मलाई थाहा छ
मेरा शब्दहरुले अनुशासन तोड्यो
तिम्रा वरिपरि उफ्रिन आए
तिमीलाई खबरदारी गर्न आए
अब
तिम्रो लोकतन्त्रले के गर्छ त ?
मेरा शब्दहरुलाई ,
सम्मान गर्छौ कि अपमान ?
मेरा शब्दहरुलाई
पुरस्कार दिनु पर्दैन सरकार
जे सन्देश लिई आएको छ
त्यसलाई सुनिदेऊ
न्याय मरेको देशमा
न्याय बचाइदेऊ, न्याय बचाइदेऊ ।
सिङ्गो देश र सारा देशबासीलाई
न्याय देऊ, न्याय देऊ ।।

आर. टी. थापा
गल्छी २, धादिङ

ताजा अपडेट

खोजी गर्नुहोस