साउन,काठमाडौँ । स्वर किन्नरी तारादेवी श्रेष्ठको सम्झनामा स्थापित तारादेवी स्मृति फाउन्डेसनको पाँचौं साधारण सभा सम्पन्न भएको छ।
आस्था कला केन्द्र परिसरमा आयोजित कार्यक्रममा संचार तथा सांगीतिक क्षेत्रमा रहेर उल्लेख्य योगदान पुर्याए वापत संचारकर्मी शिरोमणि दवाडी,गायिका गीता पाण्डे,संगीता शाक्य लगायत कलाकारहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा युवा नेता सांसद प्रदिप पौडेलले नेपाली संस्कृति र कलाले राष्ट्रकै पहिचान र गौरव बढाउने हुँदा राज्यले यस तर्फ विषेश ध्यान दिनुपर्ने बताए ।
बक्ताहरू गितकार किरण खरेल,सहदेव ढुंगाना, फाउन्डेसनका अध्यक्ष दिपक केसी,संचारकर्मी शिरोमणि दवाडी, नारायण गोपाल संगीत कोषका राजकुमार श्रेष्ठ,राष्ट्रिय श्रस्टा तथा प्रस्तोता प्रतिष्ठान अध्यक्ष राजेन्द्र बजगाई लगायतले श्रष्ठा र सिर्जनाको संरक्षण प्रति चासो र चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए।
आस्था कला केन्द्रका निर्देशक तथा फाउन्डेसनका फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले नगरपालिका लगायतका दातृ संस्था तथा ब्यक्तिबाट सहयोग जुटाएर फाउन्डेसनका लागि हाल ४१ लाखको कोष खडा गरिएको र निकट भविष्यमा ७५ लाखको अक्षयकोष पुर्याएर संस्थालाई नयाँ गति दिने लक्ष रहेकोे जानकारी दिए। कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरूले तारादेवीका कालजयी गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए।