१०४ वर्षीय अस्ट्रेलियाली वैज्ञानिकले स्वीटजरल्याण्ड पुगेर लिए ‘स्वेच्छिक मृत्यु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ बैशाख २९, शनिबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

 

 

सिड्नी । अस्ट्रेलियाकाका सबैभन्दा पाका वैज्ञानिकले स्वीटजरल्याण्ड पुगेर आफ्नो जीवन ‘स्वेच्छिक मृत्यु’ बाट अन्त्य गरेका छन् ।

 

वेस्टर्न अष्ट्रेलियाका पूर्व लेक्चररलाई कुनै गम्भिर रोग छैन तर उनका अनुसार १०४ वर्ष पुग्नु उनको लागि पछुतोको विषय थियो।

 

डा. गुडलले अप्रिलको शुरुमा आफ्नो १०४ औं जन्मोत्सब मनाएका थिए । त्यसबेला नै उनले स्वीजरल्याण्डमा स्वैच्छिक मृत्यु लिने निर्णय लिएका थिए ।

 

पश्चिम अष्ट्रेलिया स्वैच्छिक मृत्युसम्बन्धी कानुन ल्याउने प्रक्रियामा रहेको छ । तर, आउन लागेको कानुन पनि उपचार नहुने गम्भिर रुपका रोगीहरुको लागि मात्र हुनेछ ।

 

गुडललाई स्वीटजरल्याण्ड आउन मद्दत गर्ने संगठन एक्जिट इन्टरनेशलका संस्थापक फिलिप नित्शकेले ट्वीटरबाट उनले अन्तिम श्वास लिएको जानकारी दिए । लाइफ साइकल क्लिनकमा आत्महत्याका लागि प्रयोग गरिने एक औषधीको मद्दतले उनले अन्तिम श्वास लिएका थिए ।

 

बुढौलीका कारणले डा. डेभिड गुडल आफ्नो जीवनस्तर दयनीय हुदैं मान्थे ।

 

एबीसीसँग कुरा गर्दै उनले भनेका थिए, “मलाई यो उमेर पुगेकोमा नै पछुतो छ ।”

 

“म खुसी छैन । म मर्न चाहन्छु, यसलाई दुःखद मानिनुहुँदैन । बरु कसैले मलाई यसमा रोक्यो भने चाहीँ दुःखद हुनेछ । यदी कोही आफै मर्न चाहन्छ भने त्यो नराम्रो होइन । यसमा अरु कसैले हस्तक्षप गर्नु हुन्छ जस्तो मलाई लाग्दैन ।”

 

डा. गुडल सन् १९१४ मा लण्डनमा जन्मिएका हुन् । वनस्पतीविज्ञ र पर्यावरणविदका रुपमा उनी चर्चित छन् ।

 

सन् १९४८ मा युनिभसिटी अफ अष्ट्रेलिया लेक्चरर पद स्वीकारेर उनी अष्ट्रेलिया आएका थिए ।

 

“मेरो विचारमा मजस्तो बुढो मानिसहरुलाई नागरिकता सम्बन्धी सम्पूर्ण अधिकार हुनुपर्छ जसमा बाह्य सहयोगमा आत्महत्या पनि पर्छ ।” डा गुडलले भनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस