महेन्द्रनगरबाट प्यूठान खलंगा जाँदै गरेको यात्रुवाहक बस प्यूठानको सरुमारानी गाँऊपालिका वडा नं. ४ पाकुरी खोला (बड्डाँडा नजिकै) दुर्घटनामा परेको छ । घटनामा तीन महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बस चालक कैलाली चौमालाका वीरबहादुर थारु रहेका छन् । बाँकीको सनाखत हुन सकेको छैन् । महाकाली यातायातको ना ४ ख १८७६ नं.को बस सडकबाट करिव २०० मिटर तल खसेको छ ।
घाईते २१ जना जिल्ला अस्पताल विजुवारमा ल्याईएकोमा ५ जनालाई रिफर गरिएको छ । घटना स्थलबाटै घाईते ४ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।