सेतो र निलो धर्से रङमा देखेको सपना ‘अर्जेन्टिना’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ २२, मंगलबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

-सुजन आचार्य


एउटा सानो कधको मानिस जव मैदान प्रवेश गर्न एउटा हुलबाट निस्कन्थ्यो म त्यही अनुहारलाई नियाल्थे र रेफ्रीको सिटीसंगै म अरु कसैलाई वास्ता नगरी त्यही मान्छेलाई पछ्याउथे । खेल अवधिमा उनले देखाउने कलाले हरकोहीलाई अचम्मित पार्दथ्यो ।

उनको खेल कौशलले अनगिन्ती सफलता हरु चुमे । ती सबै व्यवसायीक फुटबलबाट थियो । लगातार चार पटक विश्व खेलाडी बनेर ईतिहास बनाएका उनले आजसम्म पाँचपटक सो उपाधी चुमेका छन । आफ्नो देशको सफलता चुम्ने सपना भने उनको पुरा हुन सकेको छैन ।

तिन ठुला प्रतियोगितामा आफ्नै बलबुताबाट फाईनल सम्मको यात्रा तय गराउन सक्षम यीनी फाईनलमै सिमित रहे । देशको लागी उपधाी जिताउन भने सफल बन्न सकेका छैनन् । यती कुरा सक्दासम्म सबैले अनुमान लगाईसक्नुभएको छ । हो फुटबल ईतिहासको सुनौलो पानामा लियोनल मेस्सीको नाम शिखरमा छ । फुटबलका महान हस्तीहरु पेले, म्यारोडनाको दाँजोमा उनलाई धेरैले ठड्याउने त भए नै तर उनिहरु जसरी नै देशको लागी उपाधी जित्न भने उनलाई यो बर्ष एउटा अवसर फेरी जुरेको छ । यो उनको लागी अन्तिम मौका हुन सक्छ ।

मेस्सी कै कारणले गर्दा अर्जेन्टिनको समर्थक हुन पुग्दा आजसम्म मेस्सीका हातबाट ठुला उपाधी उचालिरएको हेर्न नपाउदा मन त खिन्न नै हुने भयो । यद्यपी  सेतो र निलो धर्से रङग्मा देखेको सपना भने अझै जिवितै छ । अनि त्यो सपना यथार्थमा परिणत भएको अनुभुती गर्न भने सहज देखिन्न । जुनकुरा विश्वकप छनोट अघिका खेलहरुमा प्रष्टै देखिन्थ्यो । रुसको टिकट पक्का गर्न अर्जेन्टिनाले अन्तिम खेल नै कुर्न पर्यो । खासगरी मेस्सीमा मात्रै निर्भर रहनु अर्जेन्टिनाको कमजोर पक्ष हो ।

चिली विरुद्धको खेलमा मेस्सीले रेफ्रीलाई प्रयोग गरेको अपशब्दले उनलाई अरु खेलमा प्रतिबन्ध लगाईयो । त्यसपश्चातका खेलहरुमा मेस्सीको अभाव निकै खड्किरहेको थियो । ती खेलहरुमा मेस्सीको महत्व प्रष्टसंग झल्कन्थ्यो । अर्जेन्टिनी फुटबल संघले गरेको अपिलले काम गरेपछि उनको प्रतिबन्ध फुकुवा गरियो र मेस्सी फेरी टिमका फर्किए । तर स्थिती यस्तो बनिसकेको थियो की गर या मर । अनि फेरी मेस्सीले आफ्ना् सर्वोत्कृष्टतालाई प्रयोग गरे । जसको कारण निर्णयक खेलमा ईक्वेडर बिरुद्ध ह्याट्रिक सहित रुस यात्रा तय गरे । अवको अग्नि परिक्षा भनेको रुसमा नै हुनेछ । अघिल्लो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित मेस्सीलाई फेरी फाईनल पुर्याउन दबाब हुनेछ । अव अन्तिम पटक मेस्सी आफ्नो देशलाई विश्वकपको ताज जिताउन हर प्रयासमा जुट्नेछन ।

अहिले सबैको ध्यान रुसतिर केन्द्रित छ । फुटबलको महाकुम्भमेलाले विश्व फुटबल जगत तातिएको अवस्था छ । हरेकले आफ्ना तर्कसहित अड्कलबाजी लगाउन थालिसकेका छन । यसपाली कुन तिमले तहल्का पिट्नेछन ? धेरैको मुखबाट निस्कने नाम तिनै हुन जसले विश्व फुटबलमा राज गरिसके– ब्राजिल,जर्मनी,अर्जेन्टिना,फ्रान्स,स्पेन आदी ।

यसपाली पनि यी चर्चित नाम नै प्रमुख दावेदारको रुपमा उभिएका छन । यी नामहरुका पछाडी पनि यस्ता उदाउदा शक्ति छन जसले माथी उल्लेखित टिमलाई पल्टाउन सक्ने क्षमता राख्छन । बेल्जियम, पोर्चुगल,क्रोयसिया, मेक्सिको आदी । यता लगातार २०१० देखि नै अर्जेन्टिनाको लागी टाउको दुखाईको विषय बन्दै आएका जर्मनी टोली फेरी पनि घातक नबन्ला भन्न सकिदैन । आठ समुहमा विभाजित टोलीहरुमा अर्जेन्टिनी समुह (डी) मा रहेको छ ।

जसमा नाईजेरिया,आईसल्याण्ड,क्रोयसिया रहेका छन । यस्ता कठिन चुनौतीलाई पन्छाएर अघि बढुन भने अर्जेन्टिनालाई सहज छैन । तर पनि यो अन्तिम अवसरलाई सदुपयोग गर्न भने मेस्सी पक्कै पछि पर्नेछैनन् । आशा छ यसपटक पनि अर्जेन्टिनालाई मेस्सीले फाईनलको यात्रा तय गराउने छन । विजयको झण्डा गाढेर देशको जर्सीलाई न्याय गर्नेछन । अन्तत : सेतो र निलो धर्से रङ्गमा देखेको सपनाले सार्थकता पाउनेछ ।

लेखक अर्जेन्टिनी समर्थक हुन, उनी फुटबल खेलाडी पनि हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस