डा. देवकोटालार्इ अन्तिम श्रद्धाञ्जली (तस्विरसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । दिवंगत बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाइ गरेका छन् ।

न्यूरो अस्पताल, बाँसबारीमा पुगेर सर्बसाधारण लगायत सरकारी उच्च पदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली दिएका हुन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।

 

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख कृष्णबहादुर महरा, नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, पूर्व सभामुख मुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री विष्णु पौडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला लगायतले देवटालाई श्रद्धाञ्जली दिएका छन् ।

देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । परिवारका सदस्यहरुका अनुसार डा। देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस