-सुदेश पराजुली
‘गणतन्त्र मुर्दावाद ! गणतन्त्र मुर्दावाद !! डा.के.सि.का समर्थकहरु अहिले त्रि।वि।शिक्षण अस्पतालबाट यी नै र यस्तै नारा लगाएर जुलुस गरेको आफ्नै आँखा अगाडि देख्न पाईयो ,’ ‘के डा.के.सी.संघिय लोकतान्त्रिक गणतन्त्रलाई नै चुनौति दिनका लागि ग्राण्ड डिज़ाइन अनुसारको अनशन ,गतिविधि र मुल पात्र बन्न खोजेका हुन् ?
झन्डै दुईतिहाई जनताको प्रतिनिधित्व गर्ने सरकारसँग वार्ता नगर्ने कारण यहि रहेछ ,अहिलेको राज्य प्रणालीलाई नै चुनौति दिनको लागि अनसनको मंचन गरिएको रहेछ, यसैको उपज गणतन्त्र मुर्दावाद ? जनताको वलिदान ,जनता अमुल्य अभिमतलाई के अब अनसनबाट नै चुनौति दिन खोजेको हो ? विदेशीको हण्डी खाएर नै अनशनको नाटक गर्दै जनताको व्यवस्था लाई कमज़ोर बनाउन खोजेको हो ? डा के. सी.को अनसन भित्र साच्चै मज्जाले गणतन्त्र विरोधी राजनितिक रंग देखा पर्यो ?
गगन थापा जि हिजो हामि सँगै राजतन्त्र विरोधको आन्दोलनमा राजा विरोधी हुँ भन्दै नाटक गर्यौ तर पछि काठ्माण्डौ C.D.O अफिसमा संवैधानिक राजतन्त्र मान्छु भनेर ल्याप्चे ठोकेर छुटेको गुन डा.के.सी.को अनसनबाट चुक्ता गर्दै छौ ? आजको टिचिड हस्पिटल अगाडिको परिदृश्यले यि नै यस्तै कुरालाई बुझ्न सजिलो पार्छ ।
यसले अवश्य नै आम नेपाली जनताको रगत र पसिनाले निर्माण गरेको जनताको राज्य व्यवस्थालाई हरियों घाँस भित्र लुगेको हरेउको भुमिकालाई अब शसक्त प्रतिरोध,प्रतिवाद गर्नै पर्छ घाँस जस्तै देखिने यस्तो सर्पले कति खेर, कुन समय टोक्छ थाहा हुदैन ? सचेत बनौ प्रतिवादमा लागौ ।
गगन थापा जि हिजो हामी सँगै राजतन्त्र विरोधको आन्दोलनमा (जनआन्दोलन ताका) राजा विरोधी हुँ भन्दै नाटक गर्यौ तर पछि काठ्माण्डौ C.D.O अफिसमा संवैधानिक राजतन्त्र मान्छु भनेर ल्याप्चे ठोकेर छुटेको गुन डा.के.सि.को अनसन मार्फत चुक्ता गर्दैछौ वा गर्न खोज्दैछौ ? गगन थापा जी तपाईको राजनितिक धरातल कुन हो ? आज टिचिड अस्पताल अगाडि गणतन्त्र मुर्दावादको नारा डा.के.सी.का समर्थकहरुले र तिमिले वेजोड समर्थन गरेको आन्दोलनमा चर्को सुनियो ! के गगन थापाको राजनितिक बाटो यही नै हो अब ? हिजो पर्दा पछाडि,आज अनसन अगाडिबाट जग स्पष्ट गर्न खोजेको हो त ?