पर्व सुधार बहस : चाडपर्व शुद्ध समयमा मनाउने कहिले ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १७, बिहिबार (६ साल अघि)
  • ७३ पटक पढिएको
Post Thumbnail

–बलराम श्रेष्ठ

पर्व यो शब्दले प्रत्येक वर्ष हामीले श्रद्धा, निष्ठा र विश्वासका साथ मनाउने गरेका चार्डपर्वहरुको हाल हामीले जुन समयमा मनाइरहेका छौं । अहिले आएर शुद्ध समयमा मनाउने गरेका छैनौं । प्रकृतिजन्य आवर्तमान अयन चलनले गर्दा वर्तमान कालमा अयनाश गति २४ अंशले फरक परी मुलुक र मुलकवासीको आफ्नो शुभ समय मनमस्तिष्क परिस्थिती, आचार विचार, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक परम्परागत पर्वादि कृर्ति लगायत दैनिक कार्यमा समेत प्रतिकृल असर परिरहेको अवस्थामा तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. मंगल राज जोशीको समेत सल्लाहमा वि.स. २०६१ साल पौष महिनामा तीन उपसमिति सहित स्थायी अयन वर्षारम्भ तथा पर्वसुधार गर्न अभियान आरम्भ भएको थियो ।

पर्व सुधार  राष्ट्रिय कार्यदल २०६३ वि.सं. को प्रतिवेदनको मुल मर्म

अधिकमासको एक महिने हद पर्वहरुले उलघंन गरेको र अयन विशुवत सिङ्गो एक पूर्णिमा अघि सरीसकेको हुँदा धर्मशास्त्र अनुसारका पर्वहरु मनाउँदा त्यति राम्रो फल आउन नसकी आफ्नो उद्देश्य उलघंन भएको भन्ने ज्योतिष उपसमिति तथा धार्मिक उपसमितिबाट प्रतिवेदन प्राप्त भएको सोही प्रस्ताव अनुसार पर्वहरु एक महिना अगाडी सार्ने निर्णय हुन यो कार्यदल सिफारिस गरेको आधारमा नेपाल सरकारबाट २०६५/०९/१६ निर्णय।
क) वि.स. २०६६ को सौर्य चैत्र महिना लाई हटाई सो को सट्टा वि.स. २०६७ को वैशाख सूरु गर्ने । ख) वि.स. २०६७ को वैशाख महिनामा पर्ने अधिकमासलाई साधारण महिना सरह गरी चान्द्रा पर्वहरु एक महिना वर तान्ने ।
सो निर्णयको आधारमा देशको विभिन्न भूभागमा सम्पूर्ण चाडपर्वहरु १ महिना अगाडी मान्न थालेका छन् । वि.स. २०७५ सालको विभिन्न चाडपर्वहरु पनि १ महिना वर मनाएको खबर प्राप्त भएका छन् । जनमानसमा पर्व सुधार भनेको के हो, अधिकमास छाड्न मिल्छ र पहिले पहिले सारेको छ की छैन ? आइतवार पछी मंगलबार आउँछ, मंगलबारपछी शनिवार आउँछ रे त्रियोदशी पछी औंशी आउछ रे त्यस्तै पञ्चागंका सबे अङ्ग, नक्षत्र, योग, करणको समेत भङ्ग हुन्छ भन्ने व्यापक गलत हल्ला पिटाइएको रहेछ । सो सम्बन्धमा निम्न प्रश्नोत्तरबाट प्रष्ट हुनेछ ।

पर्व सुधार भनेको के हो ?

हाम्रा चाडपर्वहरु पहिले पहिले आकाशीय ग्रहस्थिती संग ठ्याक्कै मिल्ने गर्दथे । तर विगत केही वर्ष देखि मिल्न छोडेकोले यसलाई सुधार गर्न खोजेको हो । पर्व सुधार, पञ्चाङ्ग सुधार, पात्रो सुधार भन्नु एकै हो ।

२४ दिन सरेकोमा १ महिना किन ?

१. २४ दिन सुधार क्रममा किन ६ दिन अशुद्धता अझै रहेको छ । सौर्यमास २४ र सिङ्गो एक पूर्णिमा अघि सरीसकेको हुँदा एक महिना सार्नु नै उचित हुने किनभने खेल्ने १५ दिन सम्मको अन्तरलाई पर्वहरुको आधारमा विचार गर्दा अशुद्धि नमानिने भएकोले ६ दिनको अन्तरलाई शुद्धै रुपमा लिन सकिने हुँदा ऋणत्मक –६ दिन अशुद्ध छ भन्न मिल्दैन ।

पर्वसुधार गर्दा एक अधिक मास छोडन मिल्छ र ?

वेदांग ज्योतिष अनुसार ३८ वर्षमा १५ अधिकमासको सट्टा १४ मात्र मान्ने चलन भएकोले हाम्रो प्रचलनमा गणना मिलाउन अधिकमास छोड्न मिल्छ सुर्यमान मात्र लिने वा चन्द्रमान मत्रै लिनेहरुका लागि अधिकमासको झमेला पर्दैन । त्यसैले गर्दा क्रिस्चियनहरु चन्द्रमानलाई व्यवहारमा ल्याउदैन्न सौर्यमान मात्र व्यवहारमा ल्याउछन् मुसलमानहरु चन्द्रमान मात्र लिने यीनीहरुको लागि अधिकमास मान्न परेको हो । तसर्थ भन्न सकिन्छ कि सौर्यमान र चन्द्रमान मा समन्वय जे गर्दा हुन्छ । त्यो गर्नु हुन्छ । अधिकमास छाड्दा समन्वय रहने भए छोडने र लिदा समन्वय रहने भए छोड्ने र लिदा पनि हुन्छ, लिनै पर्छ

हाम्रो पात्रो किन वैज्ञानिक ?

हाम्रा पंचागहरु धार्मीक कृतिका लागि र व्यवहारको लागि पनि आवश्यक हुन्छन् । हाम्रो पात्रोमा सुर्य चन्द्रको साथै तारा र नक्षेत्र एक आपसमा बाधेर त्यसको आधारमा कर्म गरेर मोक्षमा पुग्नु हो । तसर्थ सौर्य मान र चन्द्रमान दुबै प्रयुक्त हुने हाम्रा पंचाग अंग्रेजी क्यालेन्डर भन्दा धेरै फरक छन् ।

पहिले पहिले सारेको छ त ?

अथर्ववेद संहितामा “भानुराश्लेषा अयन मघा” भनि उल्लेख गरेको पाइएको हुँदा त्यसबेला अयन मघा नक्षत्रमा रहेको थियो भन्ने बुझिन्छ । यदि मघामा अयन रहेको भए त्यसवेला उत्तरायण विन्दु माघ पूर्णिमामा रहेको हुनुपर्दछ । करिव ३३०० वर्ष अगाडी वेदांग ज्योतिषले धनिष्ठाको शुरुबाट अर्थात माघशुक्ल प्रतिपदादेखी उत्तरायण शुरु हुन्छ भनि एक पक्ष सारेको देखिन्छ । आजभन्दा १६०० वर्ष अगाडी वराहमिहिर समेतले कर्कटको शुरु अर्थात् पुनर्वसुको तेस्रोपाउमा दक्षिणायन विन्दुलाई सारेको र उत्तरायण विन्दुलाई पौष पूर्णिमाक्षेत्रमा कायम गरेको कुरा उनकै बृहत्संहिताबाट बुझिन्छ । यसबाट हाम्रो इतिहासमा लामो अवधिसम्म एउटै अयन मानेर निरयण पद्धति अपनाइ आएको देखिन्छ र सिंगो एक एक चान्द्रपक्ष गरी माघ पूर्णिमाबाट पौष पूर्णिमामा सारेको पाइएको छ । मकरराशि देखि दिन बढ्दै जाने र कर्कराशीदेखि रात बढ्दै जाने कुरा वराहमिहिरले पञ्चसिद्धान्तिकामा नक्षत्रादिच्छेद भन्ने प्रकरणको ८ श्लोकमा सो उदाहरण उल्लेख गरेकाले उनले केवल दक्षिणायन र उत्तरायणको उल्लेख मात्र गरेका छैनन, प्रयोगै गरेका हुन भन्ने प्रमाण मिल्छ । उसबखत संक्रान्तिको प्रचलन नभएको हुँदा एक एक पक्ष अयन सार्नु तर्कयुक्त नै देखिए पनि हाल संक्रान्तिद्धारा चान्द्रमहिनाहरु नियन्त्रण गर्ने गरिएकोले अयनसंक्रान्ति वा पूर्णिमालाई सिंगो एक महिना अगाडि सार्नु पर्ने एक मात्र विकल्प देखिन्छ । यसरी नै हामीले हाम्रो धार्मिक तथा ज्योतिष परम्परालाई निरन्तरता दिन सकिन्छ ।
ख) हाल चलेको सिद्धान्त ज्योतिषको चान्द्र महिनाहरु सौर महिनासँग मिलाउँदा केही पर्वहरु पूर्णिमान्त हिसावले मिलाएको भएतापनि धेरै पर्वहरु भने वेदांग ज्योतिषको पर्वहरु अमान्त रुपमै कायम रहेका छन् । उदाहरणार्थ, वेदांग ज्योतिषको समयका वैशाखशुक्ल तृतीयालाई यथावत् नै राखिएको हुँदा सो को विषुवत् मान्यता अझै कायम छ भन्न मिल्ने देखिन्छ । यसको अलावा धार्मिक पर्वहरु अमान्त महिनाको हिसावले राखिंदा र अमान्त महिनाको विषुवत, पूर्णिमान्त महिनाको विषुवत् भन्दा १५ दिन पछाडी नै पर्ने भएकोले हालको सुधारलाई थप टेवा नै हुन्छ ।
ग) हाल एक महिना अगाडी सार्ने विषय केही रुपमा सयांै वर्षअघि नै नेपाली परम्परामा भित्र्याई सकेको छ । यःमधिपुन्हि र ज्यापुन्हिलाई क्रमशः लामो रात र लामो दिन मान्ने प्रचलनले उत्तरायण र दक्षिणायन विन्दुहरुलाई करिव ४०० वर्ष अगाडिदेखी नै एक महिना अगाडि सारेको पाइन्छ ।

पर्वसमय बिग्रेर के हुन्छ त हामीलाई ?

यसबाट तिथिमा आधारित चाडपर्व समेतमा असर परी विवाह, व्रतबन्ध, चिनाटिप्पणका मान्यतामा फरक परी कालान्तरमा बिग्रिने क्रम बढ्दै गई भयावह स्थिति आउन सक्छ । जस्तो कि, जाडो श्रावण, भाद्रमा र वर्षा पुष माघमा पर्न जान्छ । उत्तरायण र दक्षिरायनमा पनि फरक परी विवाह व्रतबन्ध दक्षिणायनमा गर्नुपर्ने स्थिति र उत्तरायण महिना भने खाली रहने स्थिति हुन जान्छ । यस्तो अवस्थामा सम्पन्न पर्वहरुबाट मिल्नु पर्ने कुनै पुण्यफल प्राप्त हुन सक्दैन ।

पूर्णिमा सरेको सर्वसाधारणहरुले कसरी थाहा पाउने ?

पूर्णिमा स¥यो की सरेन भन्ने कुरा थाहा पाउनको लागी ठूलै ज्योतिष पण्डित हुनु पर्दैन । एक सर्वसाधारणले पनि यो कुरा थाहा पाउन सक्छ । श्रावण १ गते देखि सूर्य दक्षिणायन लाग्छ भन्ने मान्यताको आधारमा असार पूर्णिमाले श्रावण १ को अगाडी पछाडी अधिकमास परेको समयमा खेल्छ । हाल असार ७ गते सूर्य दक्षिणायन लाग्छ । असार ७ गते अगाडि पछाडि असार पूर्णिमाले खेल्यो की जेष्ठ पूर्णिमाले खेल्यो भनी २०७२ सालदेखि २०७५ सालको पात्रो अध्ययन गरेमात्र पुग्छ । धेरै टाढाको पात्रो अध्ययन गर्नुपर्ने छैन । २०७५ सालमा जेष्ठ पूर्णिमा असार १४ गते परेको छ । मलमास परेको समयमा असार ७ गतेको पछाडी सम्म गएको छ ।
पर्व सुधार राष्ट्रिय कार्यदलमा प्रतिनिधि र हालका पञ्चांग निर्णयक समितिमा बसेर चुप लागेर बस्नु हुदैन । की सो प्रतिवेदन यो कारणले गलत छन् भनी प्रमाणित गर्न सक्नु पर्छ होइन भने पचांग निर्णयक समितिमा बसेर पात्रो मात्रै स्वीकृत दिने हो भने किन चाहियो पंचाग निर्णायक समिति ? पचांग त पंचागकार हरुले निकाली हाल्छन् । पात्रोमा यथार्थ जानकारी चाहियो भनेर म लगायत कान्छा थापा, घनश्याम शिवाकोटी आदीले राष्ट्रिय सुचना आयोगमा सही सूचना चाहियो भनेर सूचनाको हक अन्तर्गत जानकारी माग गरेका थियौ ।

हामीले वर्षको सबै भन्दा छाटो दिन कुन हो, लामो दिन कुन हो, दिन र रात बराबर भएको दिन कुन हो ? त्यसको आधारमा उत्तरायण पूर्णिमा कुन हो, दिन र रात पूर्णिमा कुन हो भनि सूचना पाउँ भनि प्रमुख सूचना आयुक्त लाई निवेदन चढाएकोमा राष्ट्रिय सूचना आयोगबाट संस्कृति मन्त्रालय, पंचाग निर्णयक समितिलाई पात्रोमा एकरुपता कायम गर्न र नेपाली भाषामा सर्वसाधारणले बुझ्ने गरी प्रकाशन गर्नु भनि निर्देशन जारी गरिएकोमा पंचागबाट स्वीकृत १३ वटा पात्रोमा १२ वटामा वर्षको सबैभन्दा छोटो दिन र सबै भन्दा लामो दिन नेपालीमा लेखिएको पाइयो । २०७५ सालको पात्रोमा मंसिर पूर्णिमालाई छोटो दिन सम्बद्ध पूर्णिमा र जेष्ठ पूर्णिमा लाई लामो दिन सम्बद्ध पूर्णिमा भनि उल्लेख गरिएको छ तर हाम्रो मान्यता पौष पूर्णिमा र असार पूर्णिमा लाई क्रमश छोटो दिन र लामो दिन सम्बद्ध पूर्णिमाको मान्यता छ । त्यसको आधारमा हाम्रा चाडपर्वहरु एक महिनाबाट आएको जो कोहीले पनि बुझ्न सकिन्छ ।कृतिका नक्षेत्रलाई आश्विनी नक्षेत्रमा बराहमिर ले सार्दा छैठौं मन्वतर बाट सातौं मन्वतरमा सारेको पाउँछौं ।

अव आश्विनी नक्षेत्रबाट भाद्र पदादी नक्षेत्रमा सार्ने वेला भैसकेको छ । त्यसलाई बैवसतर मन्वतर बाट श्रावणी मन्वतर गर्ने बेला भैसकेको बुझिन्छ । यो सुधार प्रक्रिया रोक्ने दुई वटा समूह रहेछ । नेपालमा जति पनि ज्योतिषको सफ्वयर छ यी दुई समूहको रहेछ । यो पर्व सुधार लागु भएमा फेरी सफ्टवयर बनाउनु पर्ने, उनिहरुको व्यापार चौपट हुने देखेर यो सुधार हुनलाई बाधा पु¥याएको अवस्था रहेछ । हाम्रो वैदिक धर्म संसारकै उत्कृष्ट धर्म हो । तर आज किन पछाडी परी रहेको छ । हाम्रो देशमा विभिन्न तन्त्र आए जस्तैः राजतन्त्र, गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र कुनै पनि तन्त्रले पनि देश उन्नतीमा लाग्नुको सट्टा झनझन पछाडी परी रहेको छ एउटा साधारण उदहरण लिऊ जेठो छोरो वा जेठो छोरीको विवाह गर्नु प¥यो भने जेष्ठ महिनाको साइत नलिनु भन्ने मान्यता छ तर अहिले बैशाख महिनाको साइत जेष्ठ महिनाको साइत भैसक्यो । किनकी वैशाख ६ गते नै वृष राशिमा सुर्य गएको देखियो (वृष दिश्यार्क) वृष भनेको जेष्ठ महिना हो ।अतः सचेत नागरीकले सोच्नु परेको छ । हाम्रो देशलाई उन्नतीको बाटोमा लगाउनु पनि पर्वादिहरु शुद्ध समयमा चार्डपर्व मनाउनलाई २०७७ सालमा पर्ने अधिकमासलाई साधारण मास मानी चान्द्र पर्वहरु एक महिना वर तान्न नेपाल सरकार र पंचाग निर्णयक समितिलाई हामी नजस्तरबाट व्यापक जनदबाब सिर्जना गरौं सायन र निरायन एउटै पूर्णिमा क्षेत्रभित्र पारौ । र हामी सबै चाडपर्वहरु शुद्ध समयमा मनाऔं । स्मरण रहोस ।
धर्माे रक्षति : रक्षित : धर्मलाई रक्षा गरे धर्मले पनि रक्षा गर्छ ।

– पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन
– पर्व सुधारका आधारहरु
– पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको वार्षिक प्रतिवेदन

लेखक श्रेष्ठ पर्व समय सुधार राष्ट्रिय समाज नेपालका सचिव हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस