‘संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न हुँदैन’ : मुख्यमन्त्री शाही

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन् ।’

तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको मुख्यमन्त्री शाहीले स्पष्ट पारेका छन् ।

‘केही दिनअघि गण्डकी प्रदेशमा अन्य ६ वटा मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुभएकोसम्म थाहा छ, मलाई त कर्णाली प्रदेश कसरी बनाउन सकिन्छ भन्ने मात्रै हुटहुटी छ,’ रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले संविधान अक्षरंश पालना गर्नुको अर्को कुनै विकल्प छैन् ।’

मुख्यमन्त्री शाहीले अहिले आरोप-प्रत्यारोप गर्ने बेला नभएको भन्दै संविधानको बर्खिलापमा कोही पनि जान नहुने बताए । ‘संघीय सरकारले नीति बनाउने हो । प्रदेश सरकारले योजना बनाउने र कार्यान्वयन गर्ने हो । स्थानीय सरकारले जनतालाई सेवा दिने हो,’ उनले अघि भने ।

प्रदेशको बिकास, शान्ति(सुरक्षा, स्वास्थ्य, शिक्षा र रोजगारीको सम्पूर्णको जिम्मेवारी प्रदेश सरकार र मुख्यमन्त्रीलेनै लिनुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस