निर्मला बलात्कार र हत्या : एसपी विष्टका छोराले प्रधानमन्त्रीलाई लेखे खुलापत्र (पूर्णपाठ)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको प्रकरणमा दोषी भनिएका किरण विष्टले प्रधानमन्त्रीलाई खुला चिठी लेखेका छन्। उक्त घटनामा आफू निर्दोष रहेको र विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि आफ्नो चरित्र हत्या भएको उनले प्रधानमन्त्रीलाई लेखेको खुलापत्रमा उल्लेख छ। किरण कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा हुन्। निर्मला प्रकरणपछि विष्ट हाल निलम्बनमा छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार सार्वजनिक भएको किरणको प्रधानमन्त्रीलाई खुला चिठीमा विभिन्न माग राखेर सुनुवाइका लागि अनुरोध गरेका छन्।

उनले आफ्नो र आफ्नो परिवारका सदस्यको बारेमा आएका समाचारले मानसिक, सामाजिक र वृत्ति विकास र पारिवारिक अवस्थामा गम्भीर प्रभाव परेको उल्लेख गरेका छन्। किरणले आफूले निर्मला बलात्कार र हत्यामा अनुसन्धानलाई सक्दो सहयोग गरेको पनि उल्लेख गरेका छन्।

उनको र उनका बुबाको डिएनए जाँच पनि भएको थियो। किरणले सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समिति र मानवअधिकार आयोगले निकालेको प्रतिवेदनको पनि आलोचना गरेका छन्। उनले आफूलाई सोध्दै नसोधी यी दुई समितिले आफूलाई दोषी देखाएकोमा असन्तुष्टी व्यक्त गरेका छन्। उनले डीएनए जाँच भएको र त्यसमा नकरात्मक परिणाम आउदा पनि विभिन्न क्षेत्रबाट आफूलाई उक्त घटनामा जोडेर बदनाम गर्ने गरिएको भन्दै असन्तुष्टी जनाएका छन्।

उनले आफ्नो परिवार र आफूले अनुसन्धानमा सक्दो सहयोग गरेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता जनाएका छन्। उनले निर्मलालाई बैनी भनेर सम्बोधन गरेका छन्।

पढ्नुहोस्, किरणले लेखेको चिठीको पूर्णपाठः

ताजा अपडेट

खोजी गर्नुहोस