कुटनीति कि दरिद्रनीति !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ३, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

–शौरभ राज पन्त

विश्व कुटनीतिमा ट्रयाक २ कुटनीतिको अवधारणा विकास भइरहेको छ । तर, नेपालमा भएको त्यही ट्रयाक १ कुटनीति अर्थात् परम्परागत कुटनीतिले पनि राम्रो संग काम गर्न सकिरहेको अवस्था छैन । परराष्ट्र मन्त्रालयको वेभसाइट अनुसार करिब ३० देशहरुमा नेपालको दुतावास रहेका छन् । ती मध्ये विश्व कुटनीतिका हिसाबले महत्वपूर्ण मानिएका अमेरिका र जेनेभा, स्वीटजरल्याण्डको दुतावासको हालत हेर्दा लज्जा बोध हुन्छ । जेनेभा स्थित नेपाली दुतावावस एवं स्थायी नियोगको वेभसाइट यदि गुगल सर्च गरियो भने दुईवटा वेभसाइट देखिन्छ । जसमध्ये एउटा वर्डप्रेसको थिममा बनाएको र अर्को परराष्ट्र मन्त्रालयको वेभसाइटको ढाँचामा बनाइएको छ । यी दुई मध्ये कुन आधिकारिक हो भन्ने थहा छैन । वड्रप्रेसको टेम्पलेट प्रयोग गरेर बनाईएको वेभसाइट, जसको तल पट्टि “प्राउडली पावर्ड बाइ वर्डप्रेस” समेत नेपाली दुतावासले हटाउन सकेको छैन । जेनेभा नियोगको वेभसाइट हेर्दा लाग्छ हामी नेपालीले कुनै व्यक्तिको व्यक्तिगत वेभसाइट हेर्दै छौ ।

सारै लाजमर्दो । पंक्तिकारले महामहिम राजदुत दिपक धिताललाई इमेल गरेर त्यस्तो अवस्थाको वेभसाइट किन बनाएको भनेर सोध्दा, जवाफ आएन । वड्रप्रेसको थिममा बनाएको हाम्रो जेनेभा मिसनको वेभसाइटको फेसबुक पेज एवं ट्वीटर दुवै छैनन् । वेभसाइटमा गएर कुटनीतिक कर्मचारीको नामको लिस्ट हेर्दा, प्राय फोटाहरु स्क्यान गरेर हालेको देखिन्छ । त्यस्तै गरेर परराष्ट्रको ढाँचामा बनाएकोे जेनेभा मिसनको वेभसाइटको ट्वीटर र फेसबुक लिंक क्लिक गर्दा परराष्ट्रकै फेसबुक र ट्वीटर पेज खुल्छ । सो वेभसाइटको तल पट्टि हेर्दा राम्रो संग “फिनिसिङ्ग” भएको देखिदैन । जसमा जेनेभा मिसनको प्रवत्ता तथा सुचना अधिकारीको फोटै छैन ।

डरलाग्दो कुरा त के छ भने परराष्ट्र मन्त्रालयको ढाँचामा बनाएको तथा वेडप्रेसको थिममा बनाएको जेनेभा मिसनको वेभसाइट प्रवेश गर्दा “नट सेक्युर” भनेर वेभ ब्राउजरले संकेत गर्छ । मानौ, हामी कुनै अपराधिक क्रियाकलापको वेभसाइटमा प्रवेश गदै छौं ।

अब कुरा गरौं । अमेरिका स्थित नेपाली दुतावास, जसको ट्वीटर पेज १८ डिसेम्बर, २०१७ देखि सक्रिय छैन । अचम्म लाग्दो कुरा त के हो भने सो पेज भेरिफाइड समेत पनि छैन । कुटनीतिक कर्मचारीको लिस्ट क्लिक गर्दा वेभसाइटले देखाउँदैन । “एबाउट नेपाल” भन्ने वेभसाइटको ट्याब भित्र “नेस्नल फेस्टिबल” लेखिएको लिष्ट छ । जसमा दसैं, तिहार, शिवरात्री, नेपाली नयाँ वर्ष , तीज र छठ लेखिएको छ । छठ पछि “इटिइ” लेखिएको छ । यो “इटिइ” को अर्थ आउँदैन । यदि “इटिसि” लेख्न खोजिएको हो भने पनि “इटिसि” यस्तो आधिकारिक पेजमा लेख्न मिल्दैन । साथै “वर्ड हेरिटेज साइटस्” भन्ने लिष्टमा “ इन नेपाल, देर आर टु” लेखिएको छ । जस्मा अंग्रेजीको “टीएचइआइआर” लेखिको छ जुन त्यहाँ व्याकरण अनुसार मिल्दैन । त्यहाँ “ टीएचइआरइ” हुनु पर्छ । एउटा देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने स्नाकोत्तर तथा स्नातक उत्तीर्ण गरेका व्यक्तिहरु काम गर्ने ठाँउमा सामान्य व्याकरण समेत विचार गरिएको छैन ।

यी दुई प्रतिनिधि पात्र वेभसाइट मात्रै हुन् । यस्ता कैयौं वेभसाइट नेपाल मिसनको हेर्दै लाजमर्दौ छ । संसारको कुटनीतिले प्रविधि अंगीकार गरेको छ । आजको विश्वले कुनै पनि देशको बारे आधिकारीक जानकारी लिनु छ भने सर्वप्रथम त्यस देशको दुतावासको वेभसाइटमा जान्छ ।तर हाम्रो भने कुनै को वेभसाइटै दुईवटा, वेभसाइटमा जादा “नट सेक्योर” भनेर वेभ ब्राउजरले संकेत गर्ने , भाषामा व्याकरण नमिलेको, कुटनीतिक कर्मचारीको फोटो पनि स्क्यान गरेर राख्ने (नेपालमा सामान्य फोटोसप चलाउने सीप भएको मान्छे नभएको जस्तो !), आधिकारिक भेरिफाइड ट्वीटर पेज समेत नभएको आदि ।

संसारको कुटनीति चलाउने भनिएको जेनेभा र अमेरिकामा नेपाल मिसनको अवस्था भयावह छ भन्ने यी माथिका सामान्य त्रुटीबाट प्रस्टै हुन्छ । दुखका साथ भन्नु पर्छ नेपालका कुटनीतिक व्यक्तित्वहरु केवल “जागिरे” भए तर नेपालको विदेशी भूमिमा “प्रतिनिधि” भएनन् ।

अहिलेको आइटीको युगमा नेपालीले अब्बल वेभसाइट निर्माण गर्न नसक्ने भन्ने होइन । नेपालकै कुनै अब्बल युवाहरुलाई जिम्मेवारी दिएर पनि आकर्षक वेभसाइट बनाउन सकिन्छ । यदि नेपाल सरकार आकर्षक तथा अब्बल वेभसाइट निर्माण गर्न सक्दैन भने पंतिmकारले नै यो जिम्मेवारी बहन सक्छ । तर जगत हँसाई गर्ने काम नगरौं । यो कुटनीति भन्दा पनि हाम्रो द«रिद«नीतिको प्रष्ट आभाष हुन्छ ।

–लेखक अन्तराष्ट्रिय सम्बन्धका विश्लेषक हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस