प्रेम पत्र – एक दशक पछि…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ९, शनिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

-राजबाबु श्रेष्ठ ‘सागर’

पृया नीरा,

 कहाँबाट शुरु गरुँ, के शब्दबाट शुरु र के भनेर सम्बोधन गरुँ तिमीलाई पृया   यहाँ सम्मकी, सन्चै छ्यौ तिमीभनेर सोध्न सक्ने त्यो शब्द पनि छैन मसङ्ग ।

           कुन शब्दकोशबाट उधारो लिउँ ती शब्दहरू, तिम्रा ती प्रश्नको प्रत्युत्तरको लागि । जहिल्यै म तिम्रो नजरमाधोकेबाज र दोषी ठहरिरहें । जानेर भनौं या विवसताको जाँतोमा पिसिनु परेर । त्यो म भन्दा बढि कस्लाई थाहा होलार पृया ? र तिमीलाई कसरी व्यक्त गरुँ ती पलहरू ।

           आज एक दशक पछि, आफूलाई बनाएको कठोर एक पत्थर मुटुलाई अतीतको यादको कोइलामा पगाली,तिमीलाई यो पत्र लेखिरहदाको क्षण प्रत्येक अक्षरहरू सङ्गै भिजेका मेरा यी परेलीहरू तिमीलाई सम्झिरहेछ पृया ।तिमीले स्पर्श गरेका यी हातहरू, तिमीले चुम्बन गरेका यी निर्दोश अधरहरू र यी विवस मेरा नयनहरू आजतिमीलाई सम्झिरहेछ नीरा ।

           तिमी म सङ्ग छुट्टिनुको पर्दाको क्षण जति तिमीलाई कठिन थ्यो पृया यो भन्दा पनि बढि कठिन् थ्यो मलाई ।

तिम्रो चुल्ठो समाती तिमीलाई, स्यालले कुखुरा घिसारे झैं मेरै नयनका सामु घिसारीरहँदा, गहुँखेतमा ठिङ्ग उभ्याइएको बुख्याचा झैं म फगत ठिङ्ग उभिईरहें । म केवल उभिईरहें, उभिइरहें । र पनि मैले आफ्ना विवसताको हतकडीचुँडाउन सकिन । बालुवाले पानी सोंचे झैं परेलीहरूबाट तप्किन लागेको तडपका आँसुहरू आफ्नै लाचारीनयनहरूमैं फिर्ता लिईरहें ।

            म सङ्ग कुनै हिसाब छैन पृया । आज तिमीलाई पत्र कोरिरहँदाको पल मेरा परेलीहरूले रुँदै मैं सङ्ग रुएरबिन्तिगरेको पृया । ” आज त रुनदेऊ राज, तिम्रा अतीतका पीडाको ती घाइते अक्षरहरू म पढ्न सक्तिन । त्यसैले,मैले झारेका आँसुका प्रत्येक थोपा – थोपाले ती घाइते अक्षरहरूको आलो रगत पखाल्न चहाँन्छु, कृपया राज आज नरोक मलाई रुनबाट ” भन्दै बिन्ति गरेका । म सङ्ग कुनै हिसाब छैन, पृया । मैले लेखेका प्रत्येक अतीतका अक्षरहरूतप्पतप्प गरी पोखिरहेका आँसुहरूले ईरेजरले झैं मेटाउँदै थिए ।

           तिमी त ”आँ गर्दा अलङ्कार बुझ्ने मान्छे” फेरि कसरी चुक्यौ त आज पृया मेरो विवसताको दस्तावेजहरूपढ्नलाई ? एक फेर आफैलाई मासु बनाएर अचानोमा राखी खुकुरी चलाऊ त पृया, मासुलाई भन्दा अचानोलाईदुख्छ । अनि तिमी आफै बुझ्ने छ्यौ ।अनि तिम्रो प्रत्येक प्रश्नको उत्तर प्रश्नको शैल भित्र थिचिएर बसेको प्रत्येक बालुवाबालुवामा पाउने छ्यौ मेरा उत्तरहरू पृया ।

            मलाई थाहा छ, तिमी अहिले घृणाको शैल बनेर उभिएकी छ्यौ मेरो अघि । जसरी म त्यो दिन केही विवसतालेगर्दा मायाको कठिन सागरमा मजबुरीको प्वाल परेको डुङ्गामा परेलीका आँसु प्रेमको अञ्जुलीमा थाप्दै आफ्नो प्यासआफ्नै अतीतका आँसुहरू पिएर बुझाउँथें ।

कसरी भुल्न सक्छु म त्यो पलहरू, पृया ? यो मेरो लागि एउटा प्रश्नको विषय बनेको छ । जिन्दगी नै एक खोलाकोकिनारामा एक प्रश्नको शैल झैं बनेर चुलिए पछि अनि असारमा बग्ने खोलाको उन्मत्त छालहरूले मेरो कमजोरउत्तरहरूको किनारामा बारबार लात्तले हानिरहँदा म तिम्रो प्रश्नको प्रत्येक उत्तरको लागि खडा भएर अडिरहन सकिनपृया । मलाई माफ गरिदेऊ पृया, माफ ।

          न तिम्रो दोष थियो पृया, न मेरो नै दोष । तिमी पनि बिछट्टै आफैलाई बिर्सिएर मलाई प्रेम गर्थ्यौ । केवल दोषथियो त हाम्रो उँचनिचको, जात र भातको । अनि गरिब र धनिकको । कुल र घरानाको ।

          हो, यही मान्छेले बनाएको संस्कारको अजिङ्गरले निल्यो तिम्रो र मेरो प्रेमलाई नीरा । तिम्रो र मेरो मात्रै कहाँ होर पृया ? सदियौं देखि चल्दै आएको धर्म शास्त्रानुसार पनि पार्वती ब्राह्मण कुलकी राजाको छोरी अनि महादेवजट्टाधारी क्षेतृय वंशको । आफ्नै पिताबाट आफ्नै पतिको अपमान सहन नसकेर होम् गरिरहेको यज्ञमा हाम् फालेरमरेको कथा अझै श्री स्वस्थानी ब्रत कथामा पढिरहेका छन् । तिम्रो र मेरो प्रेमको बाँधिएको डोरी छिनाल्ने हाम्राशत्रुका समाजहरू ।

          के हेरिरहेका छन् आज पनि यी समाजहरू ? फेरि किन जलाउँदैन अझै यस्ता कुँसस्कृतिका कागजका धमिरालागेका पात्रहरू । यहाँ प्रेम भन्दा पृया, कुँ-संस्कृति र कुलघरानाको श्रीपेचलाई सर्वोपरी मान्छ नीरा । अहम् रबकुम्फासे संस्कृतिका जाँतोमा पिसिएका थियौँ तिमी र म ।

          आज मैले पृया तिमीलाई सबै सत्य कुरा बताउने हो भने तिम्रो पाउ तल धर्ती फाट्ने छ । न बताई पनि भएकोछैन पृया ।

ताजा अपडेट

खोजी गर्नुहोस