धार्के–सितापाईला सडक : ठेकेदार भन्छन–भुक्तानी पाएनौँ, नेता पाण्डे भन्छन–काम अघि बढाउनुस् भुक्तानी रोकिन्न

Post Thumbnail

-महेश्वर सुवेदी

बैशाख ३०,धादिङ । राजधानी भित्रने बैकल्पिक मार्गको रुपमा रहेको धार्के–सितापाईला सडक तिव्र गतिले अघि बढाउन धादिङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ का सांसद तथा नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले आग्रह गरेका छन । नेता पाण्डेले बर्षाको समय नजिकिएकाले तथा स्थानिय नागरिकहरुले सास्ति र दुख भोग्नु परेकाले तुरुन्त सडक निर्माण कार्य सुचारु गर्न ठेकेदार र प्रादेशिक सडक डिभिजन कार्यलय नुवाकोटलाई अनुरोध गरेका हुन् ।

संघियतामा गएसँगै सडक निर्माणको काम कसले हेर्ने भन्ने अन्योलका कारण निर्माण अबरुद्द भएको धार्के–सितापाईला सडक खण्डको ठुलोखोला–धार्के क्षेत्रको अबलोकन पछिको छलफल कार्यक्रममा पाण्डेले काम छिटो अगाडि बढाउन अनुरोध गरेका हुन ।

सांसद पाण्डेको पहलमा वडा कार्यलयमा भएको छलफल कार्यक्रममा धुनिबेशि नगरपालिका वडा न ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मीले स्थानिय नागरिक र सरोकारवालाबाट सडक छिटो बनाउन पहल गरिदिन दबाब आईरहेकोले काम सुचारु गर्न अनुरोध गरेको बताए ।

छलफल कार्यक्रममा सहभागी सडक डिभिजन कार्यलय कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले अहिलेसम्म भएका कामहरुको बिल तथा कार्य विवरण पेश गर्न ठेकेदार कम्पनिलाई अनुरोध गर्दै आफुले भुक्तानी छिटो दिलाउन प्रयास गर्ने बताए । उनले काम अगाडि बढाउन र कामका लागि आफुले सहजिकरण गर्ने बताएका छन् । बर्षाको समय आईसकेकाले बर्षा अगाडी नै काम सक्नेगरी काम गर्न ठेकेदारलाई निर्देशन् दिँदै काम जिरो अबस्था नराख्न समेत अनुरोध गरे।

छलफल कार्यक्रममा सहभागि ठेकेदार कम्पनिहरु कोशी एन्ड न्यौपाने र दिब्य ज्योति कन्ट्रक्सनका प्रतिनिधिहरुले आफुहरुलाई अहिलेसम्म भएका कामहरुको छिटो भुक्तानी दिएर काममा सहजिकरण गरिए एक हप्तापछि नै काम सुचारु गर्ने बताएका छ्न । धुनिबेशि ५ का वडा अध्य्क्ष कृष्ण कुमार रेग्मिले आफुलाई सडक नबनेका कारण स्थानिय नागरिकहरुले दिनहुँ गुनासो राख्दै आएको बताउदै बर्षा अगाडि बाटो नबने स्थानियको दैनिकिमा नै असर पर्ने बताए । सडक अबलोकन पछिको छलफल कार्यक्रममा सासद पाण्डे, वडा अध्यक्ष रेग्मी, सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्य, ठेकेदार कम्पनिका प्रतिनिधिहरु लगायत स्थानिय नेताहरुको सहभागिता थियो ।

धार्के सितापाईला सडकको ठुलोखोला धार्के क्षेत्रको अबलोकनको लागि आउने क्रममा सांसद पाण्डे सहितको टोलिलाई धुनिबेशि २ मा स्थानियहरुले छिटो सडक बनाउन माग गर्दै बाटोमा काठ राखेर केहिबेर अबरोध समेत गरेका थिए ।

बाटो अबरोधपछि नागरिकहरुलाई सम्झाउदै पाण्डेले आफु छिटो सडक बनोस भनेर निरन्तर पहलमा लागेको बताउदै बिभिन्न समस्याका कारण ढिलो भैरहेको काममा अब सहजता हुने बताएका थिए । उनले आफु बाटोकै सवालमा छलफल गर्न आएको बताउदै सडक निर्माणमा आफ्नो प्रमुख ध्यान गएको बताए ।नेता पाण्डेले ठेकेदारको गुनासो सुन्दै भने –काम अघि बढाउनुस् भुक्तानी रोकिन्न,काम गरेपछि तपाईहरुको भुक्तानीको लागी म आफै महल गर्छु, उनले सडक कार्यालयले काम हेरेर भुक्तानी रोक्न नहुने बताए । जनताको सास्तीलाई बुझ्न उनले ठेकेदार र कर्मचारीलाई सचेत गराएका थिए ।

कलंकी–नौबिसे सडकखण्डमा हुने सवारी चाप र विग्रिएको सवारी साधनको कारण घन्टौंसम्म हुने सडक जामलाई व्यवस्थित गर्न र सहज सवारी आवागमनका लागि सरकारले सितापाईला–धार्के सडकखन्ड निर्माणगरी सवारी चलाउने निर्णय गरेको थियो ।

निर्माण कार्य अबरुद्द भएपछि केहि समय अगाडि मात्रै स्थानीयवासी धार्के सितापाईला सडकको विषयमा छलफल गर्न धादिङ क्षेत्र नम्बर १ बाट निर्वा्चित सांसद भुमी त्रिपाठी र सांसद पाण्डेलाई भेट्न पुगेका थिए । प्रदेश सांसद पाण्डेकोमा सडकको अवस्थाका बारेमा छलफल गर्न धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, वडा नम्बर १ का अध्यक्ष चन्द्र तामाङ, नेकपा नेता कुमार पाण्डे लगायत सरोकारवाला व्यक्तिहरु पनि पुगेका थिए । ठेकेदार कम्पनिहरु कोशि एन्ड न्यौपाने र दिब्य ज्योति कन्ट्रक्सनका दुवै ठेकेदारलाई पटक, पटक बोलाएर काममा ढिलासुस्ती नगर्न नेता पाण्डेले दबाब दिदै आएका थिए ।

धार्के–सितापाईला सडक अन्तर्गत ठुलोखोला धार्के सडकको जिम्मा कोशी एण्ड न्यौपाने कन्सट्रक्शन र दिब्य ज्योति कन्ट्रक्सनले पाएका थिए । यि दुबै ठेकेदार कम्पनिहरुले धार्केदेखि ठुलोखोला सम्मको करिब १३ किलोमिटर सडकमा नाला बनाउने , कल्भट बनाउने , ड्रेन वाल लगाउने ,ग्राभेल गर्ने लगायतका कार्यहरु गर्नुपर्ने भएकाले कसले कताबाट कत्ति काम गरियो र अब कत्ति काम् गर्ने भन्ने अन्योलका कारण र गरेका कामहरुको समयमा भुक्तानी नपाउदा सडक निर्माणको काम गत फागुनदेखि रोकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस