स्थानियको आन्दोलनको बल : बौद्ध–जोरपाटी सडकको कालोपत्रे सुरु !

Post Thumbnail

जेठ १,काठमाडौँ । स्थानियको बन्दको बलले बौद्ध–जोरपाटी सडकको कालोपत्रे सुरु भएको छ । कालोपत्रे नगरेको विरोधमा स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिन बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको हो ।

बुधबार धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ । यद्यपी स्थानियको आन्दोलनको दवावले भएको हतारको कालोपत्रले गुणस्तर कायम राख्नेमा भने शंका उब्जिएको छ ।

लामो समयदेखि सडक निर्माणमा सरकारले बेवास्ता गर्दा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले सडक नै बन्द गरेर विरोध जनाएका थिए । स्थानीय वासिन्दाको विरोधपछि भने कालोपत्रे सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस