दिल्लीबाट कश्मिर नियाल्दा…….

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २५, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

-राज ढुंगाना

भर्खरै मात्र जम्मु–कश्मिर एक–आपसमा छुट्टिएका छन । लद्धाख अब केन्द्र शासित हुनेछ भने कश्मिरले छुट्टै अधिकारसहित आफ्नो अस्तित्व पुरापुर प्राप्त गरेको छ । दुवैले एक–अर्कामा जितको महशुस गरेका छन । दक्षिण यशियामा यो विषयको चर्चा यसरी चलिहेको छ । भारतमा ठुलै उथलपुथल भयो । लामो समयदेखि जम्मु–कश्मिरको विषयलाई लिएर जुन किसिमको तनाव थियो त्यो जम्मु कश्मिरमा थियो यसको मतलव दिल्लीले यो सवालमा नजरअन्दाज गरिरहेको थियो । खासमा भारतीय जनता पार्टी नेतृत्वको सरकारले यो विषयलाई अब सदाको लागी टुङग्याईदिएको छ । बर्षौदेखि कश्मिर ३७० धारको कारणले पिडामा जेलिएको हुँदा त्यहाँ कुनैपनि प्रकारको उत्साहजनक लगानी नभईरहेको अवस्थामा अव उप्रान्त त्यहाँ लगानीको ढोका खोलिदिएकै हो । तर चुनौती यतिमात्र छ त्यहाँका नागरिकहरुले ति लगानीलाई आफ्नो क्षेत्रको विकासको लागि सदुपयोग गर्ने मौकाको रुपमा लिन सक्लान की नसक्लान ? कश्मिरमा यदि लगानी भित्रियो भने त्यहाँकै युवाहरुले रोजगार पाउछन र प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन । सांस्कृतिक र भौगोलिक सुन्दरताको कारणले संसारभरी ख्याती कमाएका कश्मिरका बासिन्दाहरुले अन्य समुदायका व्यक्तिहरुसंग घुलमिल हुँदा यसको लाभ कश्मिरले नै लिने पक्का छ ।

खासमा केही निर्देशित भिडले दिल्लीमा जम्मु–कश्मिरको सवाललाई लिएर पक्ष वा विपक्षमा पदर्शन गरेका छन । तर सामान्य स्तरमा भएको यो विरोध कुनै जनमत स्तरको पदर्शन हैन । शुक्रबार यो पङतीकार दिल्लीमा रहिरहदा केही संख्यामा रहेका नागरिकले स्वतन्त्रताको नारा लगाएका थिए । यसलाई यति ठुलो देशमा भएको सामान्य पदर्शनको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउछन ।

यता लद्धाखमा पनि बौद्ध समुदायको बसोबास भएको हुँदा कश्मिरी जनतासंग पृथक रहेका लद्धाखीहरु केन्द्र शासित प्रदेशको रुपमा रुपान्तिरित हुँदा केन्द्रबाट प्रत्यक्ष लाभ लिई स्वतन्त्र रुपमा आफ्नो क्षेत्रको विकास गर्न पाउनेछन । जुन एउटा ठुलो उपलब्धीको रुपमा रहनेछ ।

शान्त छ दिल्ली

जम्मु–कश्मिरको आ–आफ्नो अधिकार प्राप्ती भएपछि जति चर्चा भारतभन्दा बाहिर छ त्यती चर्चा दिल्लीमा भईरहेको छैन । कुनै पक्ष/विपक्षमा दिल्लीमा नारा जुलुस भईरहेको छैन । सबै शान्त छन । न यो विषयमा आम नागरिकको बहस नै सुनिन्छ न त चाखपुर्ण तरिकाले चासो दिईरहेका छन । मात्रै उनिहरुको धारणा जम्मु–कश्मिर शान्त रहोस् । यसलाई अरु देशले मसलाको रुपमा नलिऊन । धर्मको कारणले वा आफ्नो निजी स्वार्थको कारणले कश्मिरलाई लिएर रोटी सेक्दै गरेका कतिपय शक्तिहरु भरतको पछिल्लो कदमलाई लिएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना भलै चिन्ता गरिरहेका छन तर वास्तविकता के छ भने कश्मिर त्यहाँका सामन्तहरुबाट मुक्ती हुन चाहिरहेकै थिए । जसले कश्मिरको मुद्धालाई लिएर बर्षौ प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ लिए ।

दिल्लीस्थित राजिव चोकमा मम बेचिरहेका रविन शर्मा काश्मिर र जम्मुको विषयमा नियमित खवरहरु सुनिरहेका छन । जम्मु–कश्मिरको सवालमा दिल्ली कतिको तातिरहेको छ भन्ने प्रश्नम शर्माले भने–यहाँ त्यस्तो अवस्था छैन्, सबै शान्त छ ,चासो त छ,तर कुनै ठुलै घटनाको रुपमा दिल्लीले लिएको छैन्, जम्मु–कश्मिरमा जे निर्णय भयो यो हुन आवश्यक थियो । हामी पनि अव कश्मिर जान पाउने भएका छौँ, त्यहाँ हाम्रो पनि व्यापार हुनेछ, अब म.म बनाएर कश्मिरी बन्दुलाई खुवाउने बर्षौदेखिको इच्छा पुरा होला जस्तो छ । म खुसी छु ।

जम्मु–कश्मिरमा नेपाल नबोल्दै ठिक होला ?

कश्मिरलाई विकास चाहिएको हो । कश्मिरमा शान्ति चाहिएको हो । र कश्मिरले भारतको मुख्य धारमा रहेका अन्य राज्यसरह प्रगती चाहेको हो । नाम नभन्ने शर्तमा कश्मिरबाट भर्खरै फर्किएका एक पत्रकारले भने । हुनत पक्ष विपक्षमा कश्मिरबारे धेरै कुराहरु उठिरहेका छन । छिमेकी देश भएकोले नेपालमा पनि यसको चर्चा हुनु स्वभाविकै हो । भारतप्रति बारम्बार नेपालको आन्तरिक मामलामा हस्तक्षेप भएको भन्ने पक्षधरहरु यतिबेला यक्ष प्रश्नको अगाडी उभिएका छन ।

कश्मिर–जम्मुको विषय नितान्त भारतको आन्तरिक मामला हो यसमा कुनै देशले वक्तव्यबाजी गरिरहनु कुनै तात्विक अर्थ राख्दैन । अहिलेसम्म नेपालले पनि कुनै आधिकारिक धारणा सार्वजनिक गरिरहेको छैन । प्रधानमन्त्री नेपालबाहिर छन । कुनै कुटनितिक भर्सन अहिलेपनि आईसकेको छैन । भारत यो विषयमा कुनै देशले पक्ष वा विपक्षमा बोलिदिहोस् भन्ने चाहनामा छैन । यतिबेला एउटा प्रश्न के छ भने कुनैपनि मुलुकले कश्मिर प्रति असंवेदनशिल र अपरिपक्व वक्तव्यवाजी गर्नुको सट्टा भारतको आन्तरिक मामला सम्झिएर वा बुझेर समर्थन गर्दा नै बुद्धीमानी हुने देखिन्छ ।

भारत सरकारको यो कदम पुर्ण रुपमा कश्मिरमा शान्ती बहाल होस् भन्ने उदेश्यले उठाइएको हो । विश्लेषक हरु भन्छन–शान्ति स्थापना भयो भने अन्तिममा यसको सकारात्मक प्रभाव सार्क क्षेत्रमा पर्ने पक्का छ । त्यसकारण पनि नेपालले भारतको यो आन्तरिक मामला नै हो भनेर छोड्नु उचित कदम रहनेछ भन्ने बिश्लेषकहरुको बुझाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस