चाबहिल–साँखु सडकको स्थलगत अनुगमन: जनतालाई कमजोर नठान्न सभापति श्रेष्ठको चेतावनी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ६, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । संसदीय समितिको विकास तथा प्रविधि समितिले शुक्रबार चाबहिल–जोरपाटी–साँखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो । सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरुसमेत सहभागी टोलीले सडक अनुगमन गरेको हो । सडक अनुगमनपछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिईन ।

सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न श्रेष्ठले चेतावनी नै दिईन । उनले भनिन्, ‘बिरालोलाई लगेर तपाईँले ढोकामा थुनिदिनुभयो भने तपाईँको घाँटी च्याप्न आउँछ ।’

सभापतिको कडा निर्देशनपछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो । जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए ।

ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे । ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाइन दिन ढिलाइ गरेका कारण समस्या भएको भन्दै सम्पूर्ण दोष आयोजना तर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए ।

चाबहिल–जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका चार ओटा कम्पनीमध्ये लामा कन्स्ट्रक्सनका मालिक जिपछिरिङ लामा विकास समितिका सदस्य पनि हुनुहुन्छ । अनुगमनका क्रममा समितिले चाबहिल( मैजुबहाल र जोरपार्टी(साँखु सडक खण्ड दुरावस्थामा रहेको ठहर गरेको छ ।

कुन भूगोलमा कस्तो बाटो उपयुक्त छ भन्ने अध्ययन अनुसन्धानबिना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिईन ।

प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदहरुले आवाज उठाएपछि संसदीय समितिले त्यस तर्फ चासो देखाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस