नागढुंगा–नौविसे सडक खण्डको मर्मत सुरु, तिव्र गतिमा काम गरेर दशैँअघि नै सकाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २२, आईतबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नागढुंगा–नौविसे सडक खण्ड मर्मत काम तिव्र रुपले अघि बढ्ने भएको छ । सडक विभागका महानिर्देशक केशव कुमार शर्माको अगुवाईमा सडक मर्मत तिव्र रुपले अघि बढ्ने बताए । उनले भने–म नै मर्मत स्थलमा छु, यतिबेला पानी पर्न रोकिएको छैन । रातीको समयमा हामी निरन्तर काम गरिरहेका छौँ, दिँउसो सवारी चाप हुने भएकोले काम गर्न सकिदैन ।

शर्माल थपे भने–हामीले सप्तरीबाट कामदार ल्याएर काम गरिरहेका छौँ । फेरी काम लगाउन पनि मजदुरको सबै विवरण चाहिने अवस्था छ , खाता खोल्दिनपर्ने नियम छ, कतिपयको नागरिकता नै नभएकोले तलव दिनलाई प्यानको व्यवस्था गरिएको अवस्थामा मजदुर पाउन पनि कठिन छ ।

उनले सडक कालोपत्रे गर्न थालिएको बताए । उनले भने–अव पानी परेको बेलापनि टिक्ने खालको पदार्थ राखेर अझै बलियो बनाईन्छ । शर्माको पहलकदमीले दशैँअघि नै तिव्र गतिमा काम सकेर नागरिकले चिल्लो सडक प्रयोग गर्न सक्ने भएका छन । नागढुंगा–नौविसे सडक खण्डमा बर्षामा विगतका दिनमा पनि कालोपत्रै उप्किएर सवारी आवातजावतमा निकै नै समस्या पर्ने गथ्र्यो । सडकको विकराल स्थतीको बारेमा अनलाईनकेन्द्रले नियमित फ्लो गर्दै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस