असोज ५, काठमाडौं । चितवनमा बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
गएराति १२:३० बजेको समयमा मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर २९ भतेरी जंगल नजिक काठमाडौँबाट पाल्पा जाँदै गरेको ना ४ ख २६०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिएको थियो ।
नाम थर वतन नखुलेका अन्दाजी २७/२८ बर्षका एक पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले ठक्कर दिने बस र बसका चालक प्रहरीको नियन्त्रणमा छन् । शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पतालमा राखिएको छ ।