सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो च्याट गरेर प्रधानमन्त्रीद्वारा फोर जी विस्तारको सुरुवात

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ आश्विन १५, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । नेपाल टेलिकमको फोर जी सेवा देशका ३२ जिल्लाका ५० भन्दा धेरै शहरमा सुरु भएको छ । काठमाण्डौको एक होटलमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो च्याट गरेर प्रधानमन्त्रीले फोर जी विस्तारको सुरुवात गरेका छन्।

यसका लागि सात वटै प्रदेशमा कार्यक्रम भएको थियो । काठमाण्डौबाट प्रधानमन्त्री र सात प्रदेशबाट मुख्यमन्त्री लाइभमा जोडिएर अलिअलि त कुरा गरे । तर प्रविधिले साथ दिएन ।

भिडियो च्याटमा प्रधानमन्त्रीले सोधे, ” आवाज आयो ?”

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिए,  “झ्यारझ्यार आएको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्रीले बोलेको सुनिए पनि अरु मुख्यमन्त्रीको आवाज आएन । ४ मिनेटजति काठमाण्डौ र सात प्रदेशमा हेराहेर धेरै भयो । कुराकानी भएन ।

त्यसपछि प्रधानमन्त्रीले भने,  ‘आज आवाज नआए पनि केही भएन, सुरुवात हो, अब बिस्तारै राम्रो होला ।’

सबै मुख्यमन्त्री अलमलिएपछि प्रधानमन्त्री ओलीले फोर जी सेवामार्फत नेपालको सूचना प्रविधिको क्षेत्र नयाँ युगमा प्रवेश गरेको बताए । बीचैमा ओलीले भने ‘साउन्ड बिग्रेको रहेछ ।’

अन्त्यमा प्रधानमन्त्रीले फोर जीको स्पिड चेक गरे । फोरजी सेवाको डाउनलोड स्पिड २३५ एमबीपीएस र अपलोड २४.१ एमबीपीएस रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस