पौष २३, काठमाण्डौँ । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालय भवन अगाडि आदिवासी जनजाती महासंघको नेतृत्वमा प्रदेशको नाम नेवाः तामसालिङ राख्न माग गर्दै प्रदर्शन भएको छ ।
बुधबार प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनु पर्ने भन्दै नामाकरणको सन्दर्भमा नेकपा सचिवालयले गरेको निर्णय सच्याउन आग्रह गरेको छ । आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङका अनुसार प्रदेशको नाम नेवाः तामसालिङ हचुवाको भरमा नभई जनसंख्या र पहिचानको आधारमा माग गरेको बताए ।