चालक र प्राविधिक भारतीय ‍सहित नेपाली रेल फागुनमा चल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २८, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २८, काठमाण्डौ । जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु गरिसक्ने योजना रेल विभागको रहेको अधिकारीहरूले बताएका छन् । त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको विभागले बताएको छ । रेलचालक, सह-चालकदेखि अधिकांश प्राविधिकहरूमा भारतीय कर्मचारी रहने र व्यवस्थापकीय कर्मचारी भने नेपाली नै रहने रेल विभागको भनाइ छ ।

रेल सञ्चालनमा नेपालको अनुभव कम रहेको र पछिल्ला वर्षहरूमा प्रविधि पनि परिष्कृत भएको हुँदा केही समयका लागि भारतीय प्राविधिक तथा चालक राखिने विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस