माघ ८, हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ज्येष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्नुपर्ने बताएका छन् । हेटौंडामा आयोजित ज्येष्ठ नागरिकहरूको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ज्येष्ठ नागरिकका नाममा व्यापार मौलाउँदै गएको उल्लेख गर्दै यो प्रथा बन्द हुनुपर्ने बताएका हुन् ।
‘अहिले चोकचोकमा ज्येष्ठ नागरिकका नाममा पसल खुलेका छन्, त्यो बन्द हुनुपर्छ,’ उनले भने, ‘सरकारले अब ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि कार्यक्रम ल्याउनुपर्छ, सन्तानलाई नै यसको जिम्मेवार बनाउनेगरी नीतिगत व्यवस्था हुनुपर्छ ।’ उनले सन्तानको कमाइको निश्चित प्रतिशत ज्येष्ठ नागरिकका लागि छुट्याउने व्यवस्था हुने हो भने आश्रमको जरुरत नपर्ने बताए ।