बागमती प्रदेशको मन्त्रिमण्डल पुर्नगठन, रामेश्वर फुयाल मन्त्री

Post Thumbnail

माघ ९, काठमाण्डौ । बागमती प्रदेशले मन्त्रिमण्डल पुर्नगठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले एक जना मन्त्री थपेका हुन् । पौडेलले फुयाललाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयमा रामेश्वर फुयाललाई नियुक्त गरेका छन् । केशव स्थापितलाई बर्खास्त गरेपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी फुयालले पाएका हुन् । मंगलबार संघीय राजधानी आएका पौडेलले बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर परामर्श गरेका थिए ।

प्रदेशको नाम र राजधानी टुंगो लगाएपछि पार्टी नेतृत्वको समझदारीमा मन्त्रिपरिषद पुनर्गठन हुने यसअघिनै तय भइसकेको थियो । हाल प्रदेशसभामा नेकपाका प्रमुख सचेतक रहेका फुयाल यसअघि संविधानसभा सदस्य भइसकेका नेता हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस