नागढुङ्गा-सिस्नेखोला सुरुङ निर्माणले गति लिदै, जेठबाट प्वाल पार्ने काम सुरु

Post Thumbnail

माघ १२, काठमाडौ । नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग निमार्णको काम थालिए पनि प्वाल पार्ने काम भने जुन अर्थात् जेठदेखि सुरु हुने भएको छ।

सुरुङ खन्नका लागि आवश्यक विष्फोटक पदार्थ तथा मेसिनहरु ल्याउन केही समय लाग्ने भएकाले जेठदेखि सुरुङ खन्ने काम सुरु हुने आयोजना प्रमुख श्याम खरेलले बताए।

विष्फोटक पदार्थ भारतबाट ल्याउने यसअघि नै निर्णय भएको थियो। आयोजनाको लागि ९ सय टन विष्फोटक पदार्थ चाहिने आयोजनाले बताएको छ।

त्यसको लागि रक्षा मन्त्रालयसँग अनुमती लिनुपर्ने भएकाले अहिले सोही प्रकृयामा रहेको खरेलले जानकारी दिए।

‘अहिले विष्फोटक पदार्थ आयात गर्न लाइसेन्स ९अनुमति पत्र० लिने प्रकृया चलिरहेको छ,’ उनले भने।

उनकाअनुसार सुरुङ खन्नको लागि चाहिने आवश्यक मेसिन ल्याउन ‘मास्टर लिस्ट’को काम पनि भइरहेको खरेलले जानकारी दिए।

‘सुरुङ खन्न चाहिने आवश्यक मेसिन सबै जापानबाटै ल्याउने हो। उताबाट ल्याउँदा लाग्ने करको छुटको लागि मास्टर लिस्ट बन्दै छ,’ उनले भने, ‘मे सम्ममा सबै सामान आउँछ र जुनदेखि प्वाल पार्ने काम सुरु हुन्छ।’

त्यसो त सुरुङ मार्गमा ४५ प्रतिशत काम बाहिर नै हुन्छ। अहिले निमार्ण स्थलमा ट्याक खोल्ने लगायतका बाहिरी काम भइरहेको आयोजनाको भनाइ छ।

गत ४ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङ मार्गको औपचारिक शिलान्यास गरेसँगै सुरुङ मार्ग निर्माणको काम थालिएको थियो।

मुआब्जा वितरण अझै भएन

निर्माणको चर्चा चलेसँगै सुरु भएको मुअब्जा विवाद अझै सुल्झिएको छैन। काठमाडौं तर्फको सबै जग्गाको मुआब्जा वितरण सकिए पनि धादिङ तर्फको केही जग्गाको मुआब्जा अझै वितरण हुनसकेको छैन।

धादिङ तर्फ २०र२२ रोपनी जग्गा केहीको लालपुर्जा नभएको तथा श्री ५ को बायु गुठीको परेका कारण मुआब्जा वितरण हुन नसकेको हो।

स्थानीयले आयोजना स्थलमा रहेको गुठीको जग्गाको पनि शत प्रतिशत मुआब्जा दिनुपर्ने माग राखेकाले विवाद भएको थियो।

आयोजनाले स्थानीयको माग मन्त्री परिषद्बबाट निर्णय गर्ने जनाएपनि स्थानीय पछि हटेका थिए। तर, मन्त्री परिषद्ले भने अहिलेसम्म त्यस विषयमा निर्णय गर्न सकेको छैन।

मुआब्जा वितरणको काम ढिला भएपनि आयोजनाको काम भने नरोकिएको खरेलले बताए।

– श्रोत: सेतोपाटी

ताजा अपडेट

खोजी गर्नुहोस