-निर्देशन त्रिपाठी
सम्माननीय प्रधानमन्त्री ज्यु,अबिभादन नमस्कार हजुर आरमै हुनुहुन्छ होला मलाई पनि आरामै छ। तर पक्कै पनि देशलाई र जनतालाई भने आराम नभएको महसुस गरिरहेको छु।बिश्व महामारीको रूपमा आइरहेको कोबिड १९ कोरोना भाइरसले गर्दा एतिबेला बिश्वनै आतंककित भैरहेको अवस्थामा नेपाल पनि अछुतो हुने कुरै भएन आर्को कुरा तपाईंको स्वास्थ कमजोर छ विशेष ध्यान पुर्याउनु होला प्रधानमन्त्री ज्यु। एतिबेला देश कोरोना भाइरसले पिरोलिएको अबस्थामा नेकपाको दुतिहाइ सरकार छ पक्कै पनि दुतिहाइको सरकार सग जनताको अपेक्षा धेरै नै हुन्छ । एतिबेला देश ठप्पको स्थिति छ । कतिबेला कतिखेर lock down खुल्ने हो अत्तोपत्तो भित्तो छैन देश रोइरहेको बेलामा दुइतिहाइ नेकपाको सरकारका मन्त्रीहरु भने श्रखलाबद्द भ्रस्टाचार सग जोडिनुले कतै प्रधानमन्त्री ज्युको सुखी नेपाली समृद्ध नेपाल तुइने त होइन भन्ने चिन्ता लाग्न थालेको छ । पछिल्लो सुन्ने गरेको छु सल्लाहकारहरुले ज्यु लाई गुम्राहामा राख्ने र गलत ब्रीफिङ गर्ने भन्ने कुरा सुनेको छु यो कुराले के प्रमाणिात गर्छ भने उबेलामा बुडा पाका हरुले भन्ने गर्ने उखान ” राजा त ठिकै हो तर सल्लाहकार चाहिँ ” भन्ने कुराको फ़ेरि पुन एकपटक प्रमाणिात गरेको छ । सम्म्माननिय प्रधानमन्त्री ज्यु अहिले रहनु भएका सम्पुर्ण सचिबालयमा रहनुभएका सदस्यहरु खारेज गर्नुस नया र योग्य ब्यक्ति छानी छानी ल्याउनुस । जब सम्मन योग्य ब्यक्ति सबैलाइ मिलाएर लैजानुहुन्न तबसम्मन सुखी नेपाली समृद्ध नेपाली आकाशको फल अँखा तरि मर शिबाए केही हुने छैन । खालि आफ्नो गुट र टिम मात्र नहेर्नुस सम्मानिय प्रधानमन्त्री ज्यु । हजुरलाई अहिले आक्रान्त पारेकै टिम गुट र छोराछोरी नाति नातिनिहरुले हो चाहे त्यो सचिबालयमा होस वा मन्त्री मण्डल होस वा प्रदेशमा ।
सबै खारेज गर्नुस प्रधानमन्त्री ज्यु योग्य र सक्षम युबा नेता अनुभवीनेता हरु धेरै हुनुहुन्छ उहाहरुलाइ ल्याउनुहोस । अहिलेका तपाईंका सबै सचिबालयका सबै सदस्यहरु मन्त्री ज्यु हरु कुनै न कुनै भ्रस्टाचारमा जोडिएका छन चाहे निबर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा भन्नुस चाहे स्वास्थ्यमन्त्री भानु भक्त ढकाल भन्नुस । ७० करोड कान्ड राजीनामा गरिसक्नु भैसकेको छ । अहिले बहुचर्चित स्वास्थ सामग्री खरिद प्रकरणमा हजुरको सचिबालय सदस्यहरु तिनका छोरा र मन्त्रीज्यु हरुका नाम जोडिएर आएका छन एस बारेमा तपाईंले आम नेपाली जनतासामु जवाफ दिनै पर्ने हुन्छ हैन भने सम्म्मानिय प्रधानमन्त्री ज्यु हजुरलाई इतिहासले धिक्कार्ने छ र प्रमाणिात गर्नै पर्ने हुन्छ भ्रस्टाचार भाको छैन भनेर । नेकपामा धेरै योग्य ब्यक्ति युबाहरु नेताहरु छ जस्ले यो भन्दा अगाडि विभिन्न मन्त्रालय चलाएर बसेका पाका अनुभवहरु छन उहाँहरुलाई जिम्मेवारि किन दिनुहुन्न यो जवाफ नेपालि जनतामाझ दिनै पर्ने हुन्छ । गुट नमिलेर नदिनुभाको कि आफ्नो टिम नमिलेर । सचिबालय पनि तपाईंकै टिमको गुटको हुनुपर्ने सबै मन्त्री तपाईंकै गुटको टिमको हुनुपर्ने हरेक प्रदेशका मुख्यमन्त्री प्रदेशका मन्त्री पनि तपाईंकै गुटको हुनुपर्ने । खेलकुदको निकाएमा पनि तपाईंकै गुट्को हुनुपर्ने । अरु ब्यक्तिले जिम्मेवारी कहिले पाउने सम्मानिय प्रधानमन्त्री ज्यु । यस विषयमा प्रधानमन्त्री ज्यु विशेष चनाखो र गम्भीर हुनुपर्ने बेला आएको छ । हामी युबा साथमा साथ दिन तयार छौ । यस्तो मानब जाती संकटको बेलामा पनि भ्रष्टाचारमा लिप्तहुने मन्त्रीज्युहरुलाइ केही पनि कारबाही गर्न सक्नुहुन्न प्रधानमन्त्री ज्यु आजै बर्खास्त गर्नुस खुब नैतिकताको कुरा गर्छ्न कहाँ आयो नैतिकता । सरकार र नेकपा जनताको पक्षमा छ भन्ने कुराको प्रमाणिात गर्नुस सम्मानिय प्रधानमन्त्री ज्यु । हजुरका धेरै छोराछोरी नातिनातिना चाहे त्यो केन्द्रमा होस या प्रदेशमा हजुरलाई गुम्राहामा राखिरहेकाछन छिट्टै नै त्यो जालो तोड्न सफल हुनुहोस प्रधानमन्त्री ज्यु । हामी सबै मिलेर हजुरलाई साथमा साथ दिन तयार छौ । आजको महान संकट सबै मिलेर टारौ सामना गरौ लक डाउनको सबै जनताले पालना गरौ ।
-त्रिपाठी नेकपा चितवनका युवानेता हुन् ।