अनुज न्यौपाने
राजतन्त्र र लोकतन्त्रबीचको प्रतिस्पर्धामा प्रस्फुटन हुँदै सुषुप्त र जागृत हुदै नेपालमा नेताको उदय दुवै तरिकाबाट विकास हुने गरेको पाइन्छ । जनताका बीचबाट उदय भएका नेताहरू विश्वव्यापी राजनीतिक दर्शनबाट साक्षर भएर आफ्नो सिर्जनशीलता, शैली र साहसका माध्यमबाट नेपाली समाजमा उदाएको पाइन्छ । नेपाली समाजमा राज्यसत्ताको प्राप्ति र त्यहींबाट नेपाली जनताको हित, उन्नति र प्रगतिको सम्बोधन हुने विश्वास राखेर राजनीतिक प्रणालीको खाका कोर्दै जनताको साथ, सहयोग र समर्थनबाट सशक्त, साहसी र सफल हुँदै गएर अहिले नेपाल कम्युनिष्ट पार्टीको दोस्रो पुस्ताको उदयमान निर्विकल्प नेता हुन, सुरेन्द्र पाण्डे । सुरेन्द्र पाण्डे, अर्थात पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थाइ कमिटी सदस्य । अझ पछिल्लो दुई वर्ष यता आम नेपाली जनताले सरकारको अर्थमन्त्रीको रुपमा देख्न चाहेको पात्र । तत्कालीन एमालेको नेताहरु देखि अहिलेको नेकपामा समेत बेलाबेला सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाएको भए सरकारको यतिधेरै आलोचना हुदैँन थियो भनेर चर्चा हुने गरेको सुनिन्छ ।
तत्कालिक नेकपा एमालेको महाधिवेशनमा झिनो मत्तआन्तरले महासचिवमा पराजित भएपनि नेता पाण्डे पार्टी भित्रको आन्तिरक विवाद देखि महत्वपूर्ण संवादमा भाग लिदै आएका छन । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खल्दै आउनुभएका पाण्डेको राजनीतिमा महत्व र भूमिका वजनदार देखिदै आएको छ । पछिल्लो समय नेकपालाई विभाजनकै सँघारमा पु¥याएको शक्ति संघर्ष साम्य पार्न दोस्रो पुस्ताको नेतृत्व गर्दै सबै समुहका नेताहरुसँग सवाद मार्फत पार्टी समस्याको समाधान गर्ने उनले खेलेको भूमिकाले नेकपाभित्र र आमजनमानसमा समेत चर्चा बटुल्यो । २०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका नेकपाका स्थाई कमिटी सदस्य सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद हुन । अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता पाण्डे जनतामाझ लोकप्रिय मानिन्छन त्यसो त उनले चितवन क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिशपर्धीलाइ भारी मतआन्तरले पछि पार्दै निर्वाचन जितिसकेका छन ।
दोस्रो पुस्ताको निर्विकल्प नेता :
नेता पाण्डेको काममा कुशलता, नियतमा इमानदारिता र विगतको सफलता हेरी दृष्टिकोण बनाउने हो भने नेकपामा दोस्रो पुस्ताको नेताहरु मध्य निर्विकल्प देखिन्छन् । विगतमा पाएका विभिन्न जिम्मेवारी बहन गर्दा स्वच्छ छविसही उत्कृष्ट कार्यसम्पादन गरेका कारण उनी आम जनता बिच लोकप्रिय छन । उनी एउटा स्पष्ट दृष्टिकोण सहितको दूरदृष्टियुक्त नेता भएकाले पनि सिंगो मुलुकको विकास प्रणाली नै परिवर्तन गर्न सक्छन् ।
सिंगापुरलाई आजको उचाइमा पुर्याउने लि क्वान यु, मलेसियालाई विकासको उत्कर्षमा पुर्याउन मोहम्मद महाथिर लगायतका रदृष्टियुक्त नेताहरुका कार्यकुशलताबाट प्रभावित पाण्डेले नेपालको सन्दर्भमा बेग्लै विकासको मोडेल समेत बनाउने सामथ्र्य राख्छन् । त्यसैले अहिले नेकपामा दोस्रो पुस्ता बाट नेतृत्वको खोजी हुँदा सुरेन्द्र पाण्डे निर्विकल्प जस्तै देखिन्छन । पछिल्लो महाधिवेशनमा महासचिवमा नेता पाण्डेलाइ ६ भोटले हराएका नेता इश्वर पोखरेल शक्ति र भक्तिको असन्तुलनले लर्बराएर अहिले केपि ओलि नेतृत्वको सरकारको अधिकार बिनाको डिफ्याक्टो प्रधानमन्त्री’ छन, पानि बिनाको माछा जस्तै । पोखरेललाई नजिकबाट चिन्नेहरुका अनुसार आफ्नो आत्मसम्मानमा सम्झौता गरेर भए पनि सत्तामा टिक्ने वा शक्तिको छहारीमा रहने नेता पोखरेलको पुरानो राजनीतिक चरित्र हो । पोखरेल नेतृत्वले कोभिडविरुद्धको लडाईका क्रममा लिएका रणनीति तथा निर्णयहरु धेरै फ्लप भए । कतिपय विषयमा उनी विवादमा समेत मुछिए । नवौँ महाधिवेशनमा उनैलाइ महासचिवमा मत्त दिएकाहरुको समेत उनको क्रियाकलाप देखेर मत्त हालेकोमा लाज मान्न थालिसकेका छन । त्यसैले अब नेकपाको नेतृत्वमा उनको सम्भावना देखिदैन ।
दोस्रो पुस्ता बाट नेतृत्व हत्याउन खोजेका अर्का नेता नेकपाका हालका महासचिव विष्णु पौडेल पनि विभिन्न काण्डमा मुछिएका नेता हुन । प्रदेशको राजधानिको सम्बन्धमा उनलाइ आफनै टिमका नेता शंकर पोखरेलले लोप्पा खुवाइदिएका छन । नेकपाको एकता महाधिवेशनको चर्चा भइरहँदा पौडेल पार्टी राजनीतिमा केन्द्रित हुन छाडेर अर्थमन्त्री बन्नुलाई एकथरील सुरेन्द्रको निम्ति अर्को अनुकूलताका रूपमा समेत चर्चा गरिरहेका छन् । यस्तो चर्चा हुनुको कारण छ । केही समयअघि नेकपाको शक्ति संघर्ष साम्य हुँदा मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा चलेको थिया । त्यो पार्टीले गठन गरेको छ सदस्य कार्यदलको सुझाव पनि थियो । त्यहीबीचमा अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभा सदस्य नरहेपछि राजीनामा गरे । सम्भावित नयाँ अर्थमन्त्रीका रूपमा आफ्नो नाम चर्चामा आएपछि विष्णु पौडेलले इमेज टेलिभिजनमा अन्तर्वाता दिदैँ भनेका थिए, “एकता महाधिवेशन आउँदैछ, पार्टीको गर्नुपर्ने काम धेरै छ । म पार्टीको महासचिव पनि भएकाले अब सरकारमा होइन पार्टीको काममा केन्द्रित हुन्छु । अहिले मन्त्री बन्दिनँ।” नेकपाका एक केन्द्रिय सदस्य टिप्पणी गर्छन, “पौडेल मन्त्री बन्नु नै सुरेन्द्रको निम्ति बाटो फराकिलो बनेको प्रष्ट संकेत हो, यसलाई उहाँको चामत्कारिक उदय भन्दा पनि फरक नपर्ला !”पार्टीका विभिन्न मञ्चमा उनले दिएका प्रस्तुतिले पनि उनीभित्र देशको सामाजिक आर्थिक रुपान्तरणको स्पष्ट खाका एवं हुटहुटी रहेको देखिन्छ । त्यसकारण सुरेन्द्र पाण्डे देशको आवश्यकता र स्वयं नेकपाका निम्ति अवसर समेत हुन् ।
तत्कालीन कोअर्डिनेसन केन्द्रबाट उनले राजनीतिक यात्रा शुरु गरेका हुन् , जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनीतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो । नेता पाण्डे विगत ३० वर्षदेखि तत्कालिन नेकपा एमालेको केन्द्रीय कमिटीमा थिए । राजनीतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन् । विकासे मन्त्रालयमा केपि ओलिले मन्त्रीको आफर गर्दा पनि मन्त्री बन्दिन भनेर सार्वजनिक रुपमा बोलेका पार्टीमा योग्य र क्षमतावान नेता पाण्डेनै अब दोस्रो पुस्ताका निर्विकल्प नेता हुन ।