बैशाख ३१,काठमाडौँ । भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाएकी छन् । ७०० मतगणना हुँदा रेनुले २७८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ९४ मत पाएका छन् ।
यसैगरी उपमेयरमा चित्रसेन अधिकारी ९काँग्रेस०ले ३१७ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १९९ मत पाएकी छन् ।