बैशाख ३१,गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् ।
शनिबार राति सकिएको मत गणना अनुसार उनले नेकपा एमालेका उम्मेदवारलाई १३५२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी लम्साल निर्वाचित भएकी छन् ।