पोखरामा एकीकृत समाजवादीका धनराजले बढाए अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार आचार्यले ४०४१ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका शंकर खरालले ५०० र खडकराज पौडेल ९गनेस०ले २३२ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस