बान्‍नीगढी जयगढको अध्यक्ष पदमा दाइले भाइलाई हराए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई हराएका छन् । नेपाली काँग्रेसका टेकबहादुर साउँदले एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले हराएका हुन् ।

टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लोकले २ हजार ६१४ मत मात्र पाए । बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक९फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।

टेक काँग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस