बागलुङका दुई पालिकामा गठबन्धनका उम्मेदवार विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ३, बागलुङ । जिल्लाको बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बरेङ गाउँपालिका अध्यक्ष राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका हुन् ।

शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप थापालाई १३६९ मतान्तरले पराजित गरेका छन् । शर्माले ३ हजार ६०१ मत प्राप्त गर्दा एमालेका थापाले २ हजार २३२ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन विजयी भएका छन् । पुनले एमालेकी दुर्गा कार्की थापा क्षेत्रीलाई १७२७ मतान्तरले पराजित गरेका छन् । पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा क्षेत्रीले १ हजार ९५५ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाको वडा १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार ४ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । वडा २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८ सय ९९ मत प्राप्त गरि विजयी भएका छन् ।

वडा-३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । वडा-४ मा नेपाली कांग्रेसका किसन बहादुर खत्री ३ सय २९ मत प्राप्त गरि विजयी भएका छन् । वडा-५ मा नेपाली कांग्रेसका अमरबहादुर शेरवुजा ४ सय ४५ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, बागलुङको निसीखोला गाउँपालिकामा नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर विजयी भएका छन् । कांग्रेसका घर्तीले ५ हजार ५११ मत प्राप्त गर्दा एमालेका एमालेका भूमिराज घर्ती मगरले २६३९ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर विजयी भएका छन् । घर्तीले उनका निकटतम प्रतिस्पर्धी एमालेकी भोटु चन्दलाई २०९२ मतान्तरले जितेका छन् । घर्तीले ५ हजार मत प्राप्त हुँदा नेकपा एमालेकी चन्दले २ हजार ९०८ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाको वडा-१ मा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली, २ मा नेकपा माओवादी केन्द्रका कुविर विक, ३ मा राष्ट्रिय जनमोर्चाका रमेश विक्रम शाही, ४ मा नेपाली कांग्रेसका टिकानिधि पौडेल विजयी भएका छन् ।

वडा-५ मा नेपाली कांग्रेसका हर्कमान घर्ती, ६ मा नेपाली कांग्रेसका हेमबहादुर बुढा मगर र वडा ७ मा नेपाली कांग्रेसका दीपक कुँवर विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस