जेठ ४, काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा पाँच दलीय सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर विष्ट विजयी भएका छन् ।
माओवादीका उम्मेदवार विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भरत गोपाली विजयी भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत पाइन् ।