कैलालीको घोडाघोडी नगरमा एकीकृत समाजवादीको जित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ५, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीले जितेको छ । नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार खडक बहादुर रावत मेयरमा निर्वाचित भएका हुन् ।

उनले १३ हजार १२८ मत ल्याए । एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत प्राप्त गरे । चौधरी यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी १२ हजार २७० मत ल्याएर निर्वाचित भइन् । नेकपा एमालेका करुणदेवी बटालाले ६ हजार ९६३ मत प्राप्त गरिन् ।

राप्रपाका लक्ष्मीकुमारी चौधरीले ३ हजार ३२९ मत प्राप्त गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस