रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी कायम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ३१, सोमबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

आश्विन ३१,काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी उक्त कार्यालयले खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न। २ का निर्वाचन अधिकृत उदवीर नेपालीले सोमबार निकालेको सूचनामा गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरिएको छ । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।

‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९र०६र२५ मा भएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’ निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस