रवि–गगनको वाकयुद्ध

रविलाई गगनको चुनौती: तर्साउने काम बन्द गर्नुस्, सबै फाइल खोल्नुस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (११ महिना अघि)
  • १८८ पटक पढिएको
रविलाई गगनको चुनौती: तर्साउने काम बन्द गर्नुस्, सबै फाइल खोल्नुस्

जेठ ७,काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोलेलगत्तै कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोपबारे अनुसन्धान गर्न चुनौती दिएका छन् । एमालेले सहकारीको विषय नउठाउने र रास्वपाले गिरीबन्धुको विषय नउठाउने समझदारी भएको पनि थापाले आरोप लगाए । सबै फाइल खोल्न चेतावनी दिँदै थापाले तर्साउने काम बन्द गर्न चुनौती दिए ।

संसद बैठकमा हिजो उपप्रधानमन्त्री लामिछानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले हिजोका लागि निर्धारित विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस