स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा भ्याट हट्यो: पुर्वअर्थमन्त्री महत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २०, आईतबार (१० महिना अघि)
  • ९५ पटक पढिएको
स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा भ्याट हट्यो: पुर्वअर्थमन्त्री महत

जेठ २०,काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएको बताएका छन् । यसले गर्दा भारतबाट सस्तो तरकारी नेपाल आउने र नेपाली कृषक मारमा पर्ने उनले बताए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले भने,‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएको आन्तरिक उत्पादन बढाउनका लागि भन्नुभयो, मत छक्क परेँ । यस्तो झुट सत्य हुन सक्दैन । हामीले भन्सारबाट नेपाल ल्याउन भ्याट लगाएका थियौँ, आन्तरिक उत्पादनमा लगाएकै थिएनौँ । विदेशको सस्तो यहाँ नआओस् र यही आलु उत्पादन होस, स्याउ यही उत्पादन होस, प्याज उत्पादन होस भनेर कृषकहरू खुसी थिए । तर जो व्यापारमा संलग्नहरूको प्रभावले उहाँले त्यसलाई हटाइदिनुभयो र प्रोत्साहन गर्नका लागि हटायौँ भन्नुहुन्छ । जबकि हामीले भन्सारमा मात्र लगाएका थियौँ सबैलाई थाहा छ, सबैलाई थाहा छ, यस्तो झुटो कुरा बोल्ने रु’

आन्तरिक ऋण लिनु जोखिमपूर्ण

उनले वैदेशिक ऋण लिनुभन्दापनि आन्तरिक ऋण लिनु जोखिमपूर्ण रहेको बताए ।

अर्थ मन्त्रालयको विविध क्षेत्रमा अहिलेपनि ७६ अर्ब रुपैयाँ रहेको भन्दै उनले अर्थ मन्त्रालयको लागि विगतमा ४७ अर्ब रुपैयाँ हुने गरेपनि यो पटक ९७ अर्ब रुपैयाँ पुर्‍याइएको बताए ।

आन्तरिक ऋण लिएर सो रकम राखिने बताउँदै उनले के गर्नका लागि ठुलो परिणामको बजेट अर्थ मन्त्रालयका लागि राखिएको भन्दै प्रश्न गरे ।

उनले भने,‘पहिले अर्थ मन्त्रालयले त्यति धेरै बजेट राखेको थिएन, आवश्यक पनि थिएन । त्यसको उत्तर सरकारले दिनुपर्छ । भूकम्प पीडितलाई राखेको भन्नुहोला, त्यसका लागि पनि २०–२२ अर्ब राख्नुभएको छ । मलाई के लागिरहेको छ भने, हामी गठबन्धनमा हुँदा बजेट वितरण गर्न पाइन भन्ने जुन ठुलो सकस थियो, मैले एउटा परिवारमा जस्तै नियमसँगत खर्च हुनुपर्छ, पार्टीमुखी हुनुहुँदैन, स्वार्थ समूहमुखी हुनुहुँदैन यो देश र जनतामुखी हुनुपर्छ । प्राथमिकताका आधारमा खर्च हुनुपर्छ भनेर बजेट बनाएका थियौँ । ३ करोडभन्दा मुनीको आयोजना हुनुहुँदैन भने बनाएका थियौँ । तर अहिले खुट्टा छोडिसक्नुभयो, कनिका छरेजसरी बजेट जाँदैछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस