टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ४, मंगलबार (८ महिना अघि)
  • २८२ पटक पढिएको
टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

भाद्र ४, काठमाण्डाैँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी थालेको छ। यस अघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको छ।

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी रेखा शर्माले सम्हालेकी थिइन्।

अहिले सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस एमालेको नयाँ सरकार बनेपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी थालेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस