असोज १२,काठमाडौँ । अविरल वर्षाले त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ । प्रहरीले बसबाट १४ जनाको शव निकालेको धुनिवेशी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष माधव सिलवालले अनलाइनकेन्द्रलाई बताए ।
निकालिएको शव मध्ये ५ जना महिला रहेका छन् । बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ को विंगर भ्यान पहिरोमा पुरिएको हो । भ्यानबाट डेढ बर्षको बालकको पनि शव निकालिएको हो । हिजो पहिरोमा परेपनि आजमात्रै घटनास्थलमा बस पुरिएको जस्तो देखिएपछि उद्धारकर्ताले खोतलेर हेरेपछि विंगर भ्यान रहेको पुष्टि भएको हो । शव निकालिएपनि उनिहरुको सनाखत भने हुन सकेको छैन् ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । आज बिहान करिब २ ३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |