आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं। आश्विन शुक्ल षष्ठीका दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन्।

उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन्। यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस