प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १८, आईतबार (५ महिना अघि)
  • १०८ पटक पढिएको
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

कात्तिक १८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज वालुवाटारको सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस