सांस्कृतिक संगीत एक परिचय
सांस्कृतिक संगीत (Cultural music) मानव सभ्यता को आरम्भिक कालदेखि नै उत्पन्न भएको एक महत्वपूर्ण सांस्कृतिक अभिव्यक्ति हो। सरल भाषामा सांस्कृतिक संगीत भन्नाले हाम्रो परम्परा र संस्कारसँग जोडिएको संगीत भन्ने बुझिन्छ l हाम्रो परम्परा र संस्कार जति पुरानो छ त्यतिनै पुरानो संगीत रहेको छ l यसले कुनै विशेष जाति, समुदाय, क्षेत्र वा राष्ट्रको सांस्कृतिक पहिचान र परम्परालाई अभिव्यक्त गर्ने संगीतलाई जनाउँछ। यो संगीत प्रायः त्यो समुदायको ऐतिहासिक, सामाजिक, धार्मिक, र सांस्कृतिक मूल्य र विश्वासहरूको अंश हुन्छ। सांस्कृतिक संगीतलाई परम्परागत संगीत पनि भनिन्छ, किनकि यसले विशेष रूपमा परम्परा, रीतिरिवाज, र संस्कृतिको संरक्षण र अभिव्यक्तिमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
हाम्रो नेपालमा विभिन्न भूभाग जस्तै तराई ,पहाड र हिमालमा विभिन्न जातजातिको बाहुल्यता रही आएको छ उदाहरणको लागि हिमालमा शेर्पा, तमांग, र गुरुङजस्ता जातिहरू समावेश छन्, पहाडमा बाहुन, छेत्री,तामांग,नेवार, राई ,लिम्बू र तराईमा मैनापोखरा, मधेसी, थारु, र अन्य समुदायका मानिसहरू समावेश छन्। र तिनै जातजाति अनुसार उनीहरुको आफ्नै मौलिक लोक गीतसंगीत र बध्यवादन रहेका छन् , यिनै मौलिक संगीत नै हाम्रा साँस्कृतिक संगीत हुन् l
जतिनै आधुनिकतामा रमाए पनि जतिनै पश्चात्य संगीतमा झुमे पनि एक छेउमा आएर नेपालिको मन भने तिनै दोहोरीका भाका भनौ या आ- आफ्ना भाषामा बनेका गीतहरुमा नै रम्ने गर्छ l यो नै एउटा मौलिक संगीतको महत्त्व पनि हो l नेपालका ग्रामिण क्षेत्रमा प्राय जसो लोक गीत संगीतको भाकामा रम्नेहरु धेरै छन् भने शहरी क्षेत्र र बिदेशिएका नेपालीहरु पनि लोक संगीत नै मन पराउछन l पप र आधुनिक गीत सुनेता पनि बिशेष समारोह र चाड बाडमा भने संस्कृति नै झल्किने संगीतको बेजोड महत्व छ l नेपालीको महान चाड दशैँ ,तिहार, छट ,तीज , ल्होसार ,धान रोपाई जस्ता विभिन्न पर्बहरुमा सांस्कृतिक तथा परम्परागत गीतहरु सुन्ने र बजाउने गरिन्छ l
संगीतका प्रकारहरु
प्रत्येक प्रकारको संगीतले एक विशेष समुदाय, परम्परा, र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछ l सांस्कृतिक संगीतका विभिन्न प्रकारहरु छन् ,त्यस मध्य केहि प्रकारहरु यहा उल्लेख छन् l
समाजमा प्रचलित, भूभाग अनुसारका भाषाभाषी ,जातजातिहरुले रचेका स्थानीय मौलिक रचनामा आधारित रहेर गाउने र बजाउने संगीत लोक संगीत कहलिन्छ l देशलाई अन्तरास्ट्रिय स्तरमा चिनाउनको लागि पनि हाम्रो मौलिक लोक भाकाका गीतसंगै मौलिक भेषभुषा पहिरिएर नृत्यहरु प्रस्तुत गरिन्छ यसर्थ यसले देशको प्रतिनिधित्व गरेको हुन्छ l लोक संगीतले नै संगीतको धरोहर बचाएको हुनेहुदा यसको संरक्षण गर्नु हाम्रो कर्तब्य पनि हो l
कुनै पनि देशको संस्कृतिलाई विश्वको प्रचालित देशको संस्कृतिले प्रभाव पारेको देखिन्छ र यसमा संगीत पनि पर्दछ l यही प्रभावमा आधुनिक गीतको सुरुवात भएको देखिन्छ l पश्चात्य संगीतको प्रभाव लोक संगीतमा प्रत्यक्ष पर्ने हुदा आधुनिक संगीतको उत्पति भएको हो जुन सुन्नमा मिठो लागेता पनि समयको लहरसंगै यो परिवर्तित हुन सक्छ l एक समय सिमाभित्र एउटा गीत प्रचलित छ भने त्यहि गीत अर्को गीतको उत्पति संगै हराउने पनि हुन्छ l यसमा पप, रक, हिप हप, जैज आदि संगीतका प्रभावहरू पाइन्छ।
येसर्थ आधुनिक संगीतलाई परिवर्तनको नाम पनि दिइएको छ l
शास्त्रमा आधारित समृद्ध र गहिरो संगीत शैली नै शास्त्रीय संगीत भन्ने बुझिन्छ l जसमा राग, ताल र संगीत सिद्धान्तको गहिरो ज्ञान समावेश छ ,यो उच्च कोटीको संगीतमा पर्दछ l यस संगीतका पारखीहरु बौद्धिक हुन्छन जसले शास्त्र को ज्ञान राखेका हुन्छन भने आम मानिसको लागि यो अरुचिपूर्ण हुनसक्दछ l शास्त्रीय संगीत, संगीतको एक महत्वपूर्ण र आभिन्न अंग हो जसलाई बुज्न गहिरो अध्ययन र धैर्यपूर्ण चरित्रको आवश्यकता पर्दछ l
धार्मिक संगीतले प्रायः भगवान र देवी-देवताका भजन, कीर्तन, आरती आदि समावेश गर्दछ। नेपालमा हिन्दू र बौद्ध धार्मिक संगीत विशेष रूपमा प्रचलित छन्।
सांस्कृतिक संगीत समाजको आन्तरिक जीवन र पहिचानलाई व्यक्त गर्ने माध्यम हो साथै यो समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने मध्यस्तकर्ता पनि हो । यसले पुराना परम्पराहरूसँग जोड्दै नयाँ पुस्तालाई सृजनात्मकताको ज्ञान दिदै विकासको मार्ग खोल्छ।
सांस्कृतिक संगीतको महत्व
साँस्कृतिक संगीतले समाजका विविध पक्षहरूमा महत्वपूर्ण भूमिका खेल्दछ । यसको महत्व गहिरो र व्यापक रहेको छ |
सामाजिक पहिचान र एकता : समाजमा एक्क्यबद्धता कायम गर्न संगीत एक उच्च प्रथमिकतामा पर्ने प्रभावशाली माध्यम हो | विभिन्न जातीय पृष्ठभूमि र भौगोलिक बनावटबाट आएका भएपनि सांस्कृतिक संगीतले सामुहिक भाव सहितको एकता कायम गर्नमा, मानिसलाई संस्कार सिकाउनमा ठुलो मद्धत गर्दछ | मानिस जतिनै परिवर्तनशिल भएपनि आफ्नो जरालाई बिर्सिन नहुने गुण सिकाउनमा पनि संस्कृतिक संगीतको भुमिका रहेको छ |
संस्कार र परम्पराको ज्ञान : समाज र पुर्खाको संस्कार थाम्ने धरोहर भनेकै साँस्कृतिक महत्व का बिषयहरु हुन् | चाहे त्यो बाध्य बादन होस नृत्य या संगीत होस् | कुनै पनि देशको संगीत र नृत्य ईतिहास जतिनै पुरानो हुन्छ, त्यहि इतिहास र परम्परा नया पिढीमा हस्तान्तरण हुने हुदा सांस्कृतिक संगीतको संरक्षन र जगेर्नाको साथै ज्ञान पनि बढ्न जान्छ |
धार्मिक र आध्यात्मिक महत्व :धर्म बिशेष कार्यक्रमहरुमा सांस्कृतिक संगीतले ठुलो महत्व राख्दछ | विभिन्न धर्महरूको पूजा र अनुष्ठानमा संगीतले भक्तिपूर्ण वातावरण सिर्जना गर्दछ। जसको माध्यमबाट मानिसहरू आध्यात्मिक शान्ति र आशाको साथै जीवनको उतार चाडव लाई सहस्र स्वीकार गर्ने हिम्मत प्राप्त गर्न सक्दछन् |
भावनात्मक र मानसिक स्वास्थ्यमा मद्दत: सांस्कृतिक संगीतले मानिसको मानसिक र भावनात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने गुण हुन्छ । यसले तनाव घटाउन, मानसिक शान्ति ल्याउन र भावनात्मक अभिव्यक्ति साटासाट गर्न मद्दत गर्दछ। पारंपरिक संगीत र नृत्यले मुहारमा खुसीको भाव प्रकट गर्दै आत्मा र शरीरलाई सन्तुलित राख्न सहयोग पुर्याउँछ।
सांस्कृतिक संवाद र अन्तरसंस्कृतिको विकास: सांस्कृतिक संगीत विभिन्न जाति र समुदायहरूको बीचमा एक पुलको रूपमा कार्य गर्न सक्छ। संगीतको माध्यमबाट मानिसहरूले अन्य संस्कृतिहरूसँग संवाद गर्न, नयाँ विचार र सृजनात्मकता आदान-प्रदान गर्न सक्छन्। यसले सांस्कृतिक विविधता र सहिष्णुता बढाउँछ। विभिन्न राजनीतिक दल र देशको प्रतिनिधित्व गर्ने वैदेशिक कायक्रममा सहभागिता हुदाँ आआफ्नो देशको चिनारीको रुपमा सांस्कृतिक कार्यक्रमद्वारा परिचय गरिन्छ यसको लागि भाषा जरुरि भन्ने हुदैन l कुनैपनि देशको संस्कृति त्यो देशको भाषा भन्दा माथि रहन्छ l
-सरस्वती खत्री