रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ६७ पटक पढिएको
रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा हुने

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका एक अधिकृतले जानकारी दिए ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको प्रकरणमा प्रतिवादी बनाएका उनी आइतबार आफै अदालतमा हाजिर भएका हुन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।

#रवि लामिछाने

ताजा अपडेट

खोजी गर्नुहोस