महाराष्ट्रमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, चारजना नेपालीको सनाखत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ५८ पटक पढिएको
महाराष्ट्रमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, चारजना नेपालीको सनाखत

माघ १०, काठमाण्डाैँ ।  भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये चारजना नेपाली रहेको खुलेको छ । दुर्घटनामा मृत्यु हुने नेपालीमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेका छन् । उनीहरूको नेपालको ठेगाना भने खुल्न बाँकी छ ।

बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफबाह फैलिँदा यात्रुहरूले ट्रेनबाट हाम फालेका थिए । यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस