गर्भनर बन्न लागेका गुणाकरको योग्यतामा प्रश्न, सर्वोच्चमा रिट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ७६ पटक पढिएको
गर्भनर बन्न लागेका गुणाकरको योग्यतामा प्रश्न, सर्वोच्चमा रिट

बैशाख ५,काठमाडौँ । गर्भनर बन्ने पक्कापकी भएका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको योग्यतालाई लिएर सर्वोच्चमा रिट दर्ता भएको छ । गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै शुक्रबार अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन् ।

रिटमा राष्ट्र बैंक ऐनविपरित भट्टलाई गभर्नर बनाउन नहुने भन्दै नेताहरुको सहमतिमा गैर कानुनी नियुक्तिको प्रपन्च रचिएकोले विपक्षी सिफारिस समितिलाई अयोग्य व्यक्तिहरु सिफारिस गर्नेलगायत अन्य कुनै पनि काम नगर्न नगराउन आदेशको माग गरिएको छ ।

दायर रिटमा भनिएको छ, ‘राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशकको रुपमा कार्यरत व्यक्तिलाई सोझै गभर्नरमा ल्याउने परिकल्पना नै गरेको छैन ।’

उक्त ऐनको दफा १५ ले स्पष्ट रुपमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुबाट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था भएकाले भट्टलाई नियुक्ति गर्ने परिकल्पनासमेत गर्न नसकिने रिटमा भनिएको छ ।

अधिवक्ता उप्रेती र थापाले ६५ वर्षभन्दा माथिको व्यक्तिलाई गभर्नर नियुक्त गर्न नमिल्ने भन्दै दायर गरेको अघिल्लो रिट सँगै राखेर आजको रिटको सुनुवाइ आइतबारलाई तोेकिएको छ । गभर्नर बन्नका लागि भट्टको योग्यता नपुग्ने भएकाले नियुक्ति रोक्न रिट निवेदनमा माग गरिएको छ ।

डेपुटी गभर्नरबाहेक राष्ट्र बैंकको बहालवाला कर्मचारीलाई गभर्नर सिफारिश गर्न नमिल्ने भए पनि सरकारले बाहिरका व्यक्तीलाई समेत गभर्नर नियुक्त गर्दै आइरहेको छ । गभर्नरको नाम सिफारिशमा पर्नका लागि राजीनामा स्वीकृत हुनै पर्ने बाध्यकारी अवस्था छ ।

भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन । भट्टले दिएको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको राष्ट बैंकले जनाएको छ । राष्ट्र बैंकका हायक प्रवत्ता सुमन न्यौपानेले राजीनामा आएपछि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज स्वीकृत नभएको बताए ।

प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीबीच भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस