बैशाख ५,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगाएतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् ।
सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् । दर्ताको म्याद तीन दिन मात्र बाँकी छ ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केहि दिन बाकि रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल सम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको पनि स्पष्ट पारे ।
कार्यक्रममा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा हरिकला अधिकारीलाई प्रदान गरिएको थियो । त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई प्रदान गरिएको छ भने स्व उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ ।