पराराष्ट्रमन्त्री आरजु राणा थाइल्याड जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ७, आईतबार (४ घण्टा अघि)
  • ४५ पटक पढिएको
पराराष्ट्रमन्त्री आरजु राणा थाइल्याड जाँदै

काठमाडौँ । पराराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्याड जान लागेकी छन् । राणा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् ।

बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका लागि मन्त्री राणा थाइल्याण्ड जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एशिया तथा प्रशान्त क्षेत्रमा दिगो र प्रतिरोधी सहरी विकासका लागि क्षेत्रीय सहकार्य विषयक सत्रको राणाले अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागीता जनाउने छ ।

बैठक सम्पन्न भएपछि देउवा अप्रिल २५ मा स्वदेश फर्किने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस