भूकम्प स्मृति दिवसः पश्चिम नेपाल जोखिममा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (७ घण्टा अघि)
  • ५८ पटक पढिएको
भूकम्प स्मृति दिवसः पश्चिम नेपाल जोखिममा

काठमाडौं । आज वैशाख १२ गते भूकम्प स्मृति दिवश । भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्यूडको भूकम्पको सम्झनामा स्मृति दिवस मनाइदै आइएको छ । बारपाकमा गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

उक्त भूकम्प परि आठ हजार ९७९ जनाको मृत्य भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

यता भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ दुई म्याग्निच्यूडको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस