दर्ता हुन मेटालाई ७ दिनको म्याद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (४ घण्टा अघि)
  • ४२ पटक पढिएको
दर्ता हुन मेटालाई ७ दिनको म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल मेटालाई अन्तिम पटकका लागि ७ दिनको म्याद दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा आज उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए ।

उनले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे । नेपालबाट अवैधरुपमा फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राममार्फत मेटाको कार्यालयमा रकम गएको उनको भनाइ छ ।

नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस