पाल्पा । रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने चालकसहित दुईजना घाइते भएका छन् ।
जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले बताए ।
डीएसपी मल्लका अनुसार जीपमा पाँचजना सवार थिए । चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ । २२ वर्षीय सरोज बुढा पनि घाइते छन्। लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ ।