गृहमन्त्री लामिछाने र इप्पान टिमबीच भेट

ऊर्जा आयोजनाका लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग
  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • २७३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन् ।

कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरु प्रतक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे । भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिवद्ध रहेको बताए ।

मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ती र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधै सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे । गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्की सहित उपाध्यक्ष राम प्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस